‘लिभिङ टुगेदर’मा रहेका प्रेमीले गरे प्रेमिकाको हत्या


प्रकाशित मिति :2018-04-16 15:51:34

–महिला खबर

ललितपुर । लिभिङ टुगेदरमा रहेका विजय तामाङले प्रेमिका पूर्णिमा विकको हत्या गरेका छन् ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलका अनुसार आइतबार राती पूर्णिमाको हत्या गरी तामाङले टोखा सडकमा फालेका थिए ।

हत्यामा संलग्न तामाङलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । आइतबार राती पूर्णिमा टोखा सडकमा मृत अवस्थामा भेटिएकी थिईन् । प्रहरीका अनुसार ढुंगाले हानेर उनको हत्या गरिएको हो ।

पोखेलले हत्या गरेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको जनाए । परिसरका प्रमुख पोखरेलका अनुसार पूर्णिमा र विजय ७ महिनादेखि लिभिङ टुगेदरमा थिए ।

‘विजयको प्रारम्भिक वयान अनुसार पूर्णिमाप्रति धेरै शंका गर्ने देखिन्छ’ पोखरेलले महिला खबरसँग भने, ‘पूर्णिमा अरु केटासँग लागेको, सम्झाउन खोज्दा पनि नमानेकाले हत्या गरेको बताएको छ ।’

हत्या भएको अवस्थामा केटा र केही दुबैले मादक पदार्थ सेवन गरेको पनि उनले बताए ।
परिसरका प्रमुख पोखरेलका अनुसार केही समययता लिभिङ टुगेदरका कारण पनि महिला धेरै हिंसामा पर्ने गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: