सेनाको हतियार खोसेको दिन यसरी सम्झिए पूर्व छापामार महिलाले


प्रकाशित मिति :2018-04-10 17:06:50

–महिला खबर–

ललितपुर । ठिक २० वर्ष अघि । नेपालमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । २०५४ साल चैत्र २६ गते नेपालको कर्णाली प्रदेशको कालिकोटमा सशस्त्र युद्धमा लागेका छापामार महिलाले सेनाको हतियार खोसे ।

तत्कालिन समयमा शाही नेपाली सेनाले गरेको ज्यादतीको विरोध गर्दै छापामार युवती विष्णु विक, गोरीकला विक, रुपा विक, धनमाया विक लगायतका महिलाले प्रहरीको एक थान थ्री नट थ्री राइफल खोसे ।

त्यही दिनको सम्झनामा प्रत्येक वर्ष चैत्र २६ गते पूर्व लडाकु महिलाले प्रतिसोध दिवसको रुपमा यो दिनलाई सम्झिदै आएको प्रतिष्ठानकी महासचिव देवी खड्काले बताइन् ।

सोही अवसरमा सोमबार प्रतिष्ठानले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी २१ औ प्रतिसोध दिवस मनाएको छ ।

महिलाहरुले द्वन्द्वको समयमा देखाएको साहसलाई लिपिवद्ध गरी इतिहासमा लिपिवद्ध गनुपर्ने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन् ।

द्वन्द्व सफल बनाउनुमा महिला छापामारको भूमिका महत्वपूर्ण भए पनि पछिल्लो समयमा पार्टीले महत्व नबुझेको पूर्व छापामार सुशिला सिंखडाले गुनासो गरिन् ।

पूर्व छापामार विष्णु विकले प्रहरीको हतियार खोसेर गरेको फौजी कारवाहीमा दुई सेनाको मृत्यु भएको र ६ जना घाइते भएको बताइन् ।

सेनाको हतियार खोस्ने महिलाहरु महिलामध्ये २०५५ सालमा प्रहरी र तत्कालिन विद्रोही माओवादीको भिडन्तमा प्रहरीको गोली लागेर गौरीकला विक र धनमाया विकको मृत्यु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: