फलोअपः १५ वर्षपछि अनुपाको उपचार


प्रकाशित मिति :2018-04-10 13:19:40

रुजु खतिवडा\महिला खवर

पाँचथर । १५ वर्षदेखि शरीरमा गोलीका छर्रा लिएर हिँड्न बाध्य पाँचथरको हिलिहाङ गाउँपालिका–७ की अनुपा राईको टाउकोमा रहेका गोलीका छर्रा निकालिएको छ । महिला खबरमा ‘क्षतिपूर्ति चाहिँदैन, टाउको र छातीमा गढेका गोलीका छर्रा निकालिदेउ’ शिर्षकको समाचार प्रकाशित भए पछि झापास्थित विएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले निःशुल्क उपचार गरिदिएको हो ।

ठूलो धनराशी खर्च लाग्ने तथा विशेषज्ञ चिकित्सकहरुबाट मात्रै शल्यक्रिया हुने भएका कारण उपचार गराउन नसकेर शारीरिक तथा मानसिक पीडा भोग्दै आएकी अनुपाको अस्पतालले निःशुल्क उपचार गरिदिएको हो ।

शरीरका विभिन्न भागमा गोलिका छर्रा भए पछि शरीर पोल्ने, देब्रे पाटो निदाएझैँ हुने, झम्झमाउने लगायत समस्या भोगिरहेकी अनुपालाई मस्तिष्कसँगै रहेको गोलीको छर्राले असर गरिरहेको चिकित्सकहरुले निश्कर्ष निकालेका थिए । उनको सफल शल्यक्रिया गरि मस्तिष्कसँगै रहेको एउटा र घाँटीमा रहेको एउटा छर्रा निकालिएको विएण्डसी अस्पतालले सोमवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

अनुपाको अस्पतालका न्यूरो सर्जनद्वय डा. पंकज नेपाल र डा. दिनेश थापा नेतृत्वको चिकित्सकहरुको टोलीले साढे पाँच घण्टा लगाएर छर्रा निकालेको हो । टाउकोमा रहेको ५ दशमलब ५ एमएमको छर्रा निकालिएको न्यूरो सर्जन डा. नेपालले बताए । डा. नेपालले अनुपाको टाउकोमा रहेको छर्रा रहेको स्थान पत्ता लगाउन जटिल रहेको बताए ।

डा. नेपालका अनुसार शल्यक्रिया अघि सीटी स्क्यान गरेर छर्रा रहेको स्थान पत्ता लगाइएको थियो । अझै पनि अनुपाको छातीको करङ, हातको हड्डी र घाँटीको हड्डीमा गरि ३ ओटा छर्रा रहेका छन् । यद्यपि यी छर्राहरुले अनुपालाई शारीरिक रुपमा असर नगरेको चिकित्सकहरुले बताएका छन् ।

२०५९ साल बैसाक २४ गते तत्कालीन विद्रोही माओवादीले संखुवासभाको चैनपुरमा सेना क्याम्पमा माओवादीको आक्रमण सफल नभएपछि भाग्ने क्रममा माओवादी जनमुक्ति सेना अनुपालाई गोली र छर्रा लागेको थियो । भाग्ने क्रममा माओवादी लडाकुहरुले उनी मरिसकेको निश्कर्ष निकालेर खोल्सीमा फालिदिएका थिए । उनको ४ दिनपछि होस् खुलेको थियो ।

२१ दिन पछि उनी माओवादीको सम्पर्कमा पुगेकी थिइन् । ओखलढुङ्गाको कुहिभीरमा २०४२ सालमा जन्मिएकी अनुपा राई १४ बर्षकै उमेरमा माओवादीमा लागेकी थिइन् । उनी शरीरका विभिन्न भागमा छर्रा र गोली बोकेर पनि उनले दुर्ई ओटा युद्धका मोर्चामा लडेकी थिइन् । पछि उनको स्वास्थ्य अवस्था कमजोर बनेको पाएपछि सेनाबाट उनी पार्टी राजनीतिमा आइन् ।

यही क्रममा पाँचथर आइपुगिन अनुपा । हिलिहाङ–७ साविक सुभाङ २ का मनकुमार राईसँग पार्टीमै विवाह गरेर बसेकी अनुपा विभिन्न अस्पताल धाँउदा पनि उपचार हुन सकेको थिएन् । पछिल्लो पटक आफ्नो समस्या जटिल बनेको भन्दै उनले पत्रकार सम्मेलन गरेर सहयोगको अपील गरेकी थिइन् । उपचार गराउने खर्चको अभावमा छटपटाएकी अनुपाको अवस्थाबारे समाचारबाट जानकारी पाएर झापा स्थित विएण्डसी अस्पतालले निःशुल्क उपचार गरिदिएको हो ।

विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले आफूहरुले सम्पत्ति भएर नभई मन भएर उपचार गरिदिएको बताए । निःशुल्क उपचार पाएपछि अनुपाले अस्पताललाई धन्यवाद दिइन् । उनले आफूले धेरै ठाउँ धाउँदा पनि उपचार नपाएको तर, विएण्डसीले निःशुल्क उपचार गरिदिँदा आफूलाई सबैभन्दा बढी खुसी लागेको बताइन् ।

यो पनि हेर्नुहोस्

‘क्षतिपूर्ति चाहिँदैन, टाउको र छातीमा गढेका गोलीका छर्रा निकालिदेउ’

समाचार प्रभावः बीएण्डसी अस्पतालले अनुपाको निशुल्क अपरेशन गरिदिने

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: