मानव अधिकार आयोग भन्छः यौनजन्य हिंसा प्रहरीबाटै मिलापत्र


प्रकाशित मिति :2018-04-05 11:28:26

–महिला खबर–

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसाका घटना प्रहरीबाटै मिलापत्र भएको पाइएको बताएको छ । काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर तथा वृत्तहरूको आकस्मिक अनुगमनका क्रममा यस्तो फेला परेको आयोगको भनाइ छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा खटिएको टोलीले मिति २०७४ चैत्र १९ गते काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर टेकु, महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटी, महानगरीय प्रहरी वृत्त दरबारमार्गको आकस्मिक अनुगमन गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जर्बजस्ती करणी र यौनजन्य दुव्र्यवहार जस्ता महिला विरुद्ध हुने हिंसाका घटनाहरूको अनुसन्धान तथा कारबाही प्रक्रियामा महत्वपूर्ण भूमिका रहने प्रहरी कार्यालयहरूको भूमिका तथा प्रभावकारीता सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगमा प्राप्त जनगुनासाहरूलाई संवोधन गर्ने सन्दर्भमा अनुगमन गरिएको आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–अनुगमनको क्रममा प्राप्त तथ्यअनुुसार प्रहरी कार्यालयहरु अव्यवस्थित रहेको, पीडितलाई आवश्यक परामर्श दिनका लागि निर्माण गरिएको परामर्श कक्ष व्यवस्थित नभएको, जानकारीको लागि राखिएको बोर्ड सर्वसाधारणको पहुँचमा नभएको, सर्वसाधारणको सहयोगको लागि स्थापना गरिने सोधपुछ कक्षमा महिला कर्मचारीको उपस्थिति नरहेको एवं सर्वसाधारणको पहुँचमा नभएको, यौनजन्य हिंसाका घटनाहरुमा प्रहरीबाट परामर्श प्रदान गरी मेलमिलाप गराउने गरेको पाईयो ।

अनुगमनको क्रममा यौनजन्य हिंसाका घटनाहरुमा प्रारम्भिक अनुसन्धान गर्ने र उजुरी दर्ता गर्ने प्रहरी कार्यालय, मुद्दा हेर्ने सरकारी वकीलको कार्यालय र फैसला गर्ने अदालतवीच समन्वयको अभाव रहेको पाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

आयोगले यौनजन्य हिंसा जस्तो गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनाहरूको अनुसन्धान तथा कारबाही प्रक्रियामा महत्वपूर्ण भूमिका रहने प्रहरी कार्यालयहरुलाई व्यवस्थित र पीडित मैत्री बनाई हिंसापीडित महिलाहरूको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखेको छ ।

प्रहरी कार्यालयस्थलमै पुगेर कार्यालय प्रमुख, अपराध अनुसन्धान शाखामा कार्यरत कर्मचारीहरु तथा उपस्थित सर्व साधारण सेवाग्राहीहरूसँग सोधपुछ तथा छलफल गरेको आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: