जुम्लेली सुत्केरीले पाएनन् प्रसूति प्रोत्साहन भत्ता


‘सुत्केरी भएको ८ महिनासम्म पनि प्रोत्साहन भत्ता पाइएन’– सुत्केरी आमा

प्रकाशित मिति :2018-03-22 14:34:30

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका स्थित डिल्लीचौर र छुमचौर स्वास्थ्य चौकी अन्तरगतका सुत्करी आमाहरुले प्रसुति प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् ।

राज्यले स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति र तत्काल आमा बच्चालाई स्वास्थ्य संस्थामा सुत्केरी भए बापत दिने रकम नभएको गुनासो छ ।

स्वास्थ्य संस्थामा सुत्केरीको संख्या बृद्धि गर्ने, बच्चा तथा आमाको सुरक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ राज्यले दिन थालेको सुत्केरी प्रोत्साहन भत्ता नपाएको पातारासीका आमाहरुले गुनासो गरेका छन् ।

पातारासी गाउँपालिका ८ की करिश्मा बुढाले भनिन्, ‘सुत्केरी भएको ८ महिना बित्यो तर प्रसुति प्रोत्साहन भत्ता पाएको छैन ।’

उनले थपिन, ‘प्रोत्साहन भत्ता समयमा पाएको भए सुत्केरी अवस्थामा पोषिलो खाने कुरा खान सहज हुन्थ्यो, पहिला समयमै पाइथ्यो तर अहिले पाएका छैनौँ ।’

पटक पटक स्वास्थ्य चौकीमा आउँदा भोली भोली भन्दै टार्ने गरेको उनको आरोप छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक बितिसक्दा पनि सुत्केरी हुँदा पाउने प्रसुति प्रोत्साहन भत्ता नपाएको पातारासी गाउँपालिका ४ लुमगाउँकी सरस्वती कार्मीले गुनासो गरिन् ।

उनले भनिन्, ‘राज्यले सुत्केरी आमालाई दिने प्रोत्साहन भत्ता विभिन्न कारण देखाउँदै समयमा नदिनाले समस्या हुने गरेको उनको भनाइ छ ।

सरस्वतीले भनिन्, ‘डिल्लीचौर स्वास्थ्य चौकीमा भदौ १० गते सुत्केरी भएकी हुँ । तर चैत लागिसक्दासम्म प्रसुति भत्ता पाएकी छैन ।’

यी केही महिला उदाहरण मात्रै हुन् । जुम्लामा प्रोत्साहन भत्ता समयमै नपाएको गुनासो गर्ने सयौँ महिला छन् । छुमचौर स्वास्थ्य चौकीमा सुत्केरी भएका ३१ जनाले प्रसुति प्रोत्साहन भत्ता पाएका छैनन् ।

डिल्लीचौर स्वास्थ्य चौकीमा यस चालु आर्थिक वर्षको साउन महिनादेखि प्रसुति भएका २९ जना आमाहरुले प्रसुति प्रोत्साहन भत्ता पाएका छैनन् भने नियमित चार पटक (चार, छ, आठ र नौ) महिना गर्भ चेकजाँच गराए बापत पाउनु पर्ने थप ४ सय रुपियाँ ६ जना महिलाहरुले पाएका छैनन् ।

छुमचौर स्वास्थ्य चौकीका इन्र्चाज प्रकाश सापकोटाले भने, ‘गाउँपालिकाले प्रसुति प्रोत्साहन भत्ता स्वास्थ्य चौकीको खातामा जम्मा भएको छ भन्ने जानकारी आएको छ । अब तत्काल वितरण गरिने छ ।’

तोकिएको समयमा प्रोत्साहन भत्ताको पैसा नआउने हुँदा आफ्नो खल्तीको पैसा दिन नसकिने इन्चार्ज सापकोटाले बताए । रकम आएपछि वितरण गर्न समस्या नहुने जुम्लाका स्वास्थ्य चौकी इन्चार्जहरुको भनाई छ ।

पातारासी गाउँपालिकामा विरामी बोक्नका लागि स्टेचर नभएको महिला स्वयम् सेविकाले बताएका छन् । गाउँपालिका स्टेचर खरिद भएर आएको तर गाउँमा वितरण नभएको बताइएको छ ।

पातारासी गाउँपालिका प्रमुख लक्षिमन बोहोराले स्वास्थ्य चौकीको खातामा रकम निकासा भएको छ, अब वितरण हुने बताए । पैसा खातामा गईसक्दा पनि नपाएको भन्ने गुनासो आए अब स्पष्टीकरण सोधिने प्रमुख बोहोराको भनाई छ । तर जुम्लाको तातोपानी, पातारासी, छुमचौर डिल्लीचौर देपालगाँउ लगायत अन्य स्वास्थ्य चौकीमा सुत्केरी भएका झण्डै १ सय बढी महिलाले प्रोत्सान भत्ता पाएका छैनन् ।

स्वास्थ्य चौकीमा खानेपानीको समस्या

डिल्लीचौर स्वास्थ्य चौकीमा खानेपानी नहुदा सरसफाईमा समस्या भएको छ । अनमी केमा बुढाले भने, ‘गाउँमा एउटा मात्रै धारा छ । त्यसै धाराबाट पानी बोकेर काम चलाउने गरेका छौँ ।’ गाउँमा ६०/७० घरधुरी छन् गाउँमा पनि खानेपानी पुगेको छैन ।

उनले भनिन्, ‘बथिङ सेन्टरमा सुत्केरी सामाग्री निर्मलीकरण गर्न तातोपानीको व्यवस्था समेत नहुँदा समस्या भएको छ । यस्ता समस्याका बाबजुत सेवा प्रवाह गरिररहेका छौँ ।’

प्राय जुम्लाका स्वास्थ्य चौकीमा खानेपानीको उपयुक्त व्यवस्थापन छैन् । स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट छुटाएपनि सुधार भने परिणाममूखी हुन नसकेको तातोपानी गाउँपालिका ३ का महिला विमला परियारले बताइन ।

स्वास्थ्य चौकीमा आवश्यक औषधि शून्य मौज्दात

स्वास्थ्य चौकीमा आवश्यक पर्ने औषधि नभएका कारण समस्या भएको छ । आइरन चक्की गएको पुस महिनादेखि शून्य मौज्दात भएका कारण गर्भवती महिलाले खान नपाएको जनाएको छ ।

त्यसैगरी, कोट्र्रिम एडल्ट, कोट्रिम (बच्चा), एमोक्सिसिलिन सिप्रो लगायतका औषधि गएको मंसिर पुस महिनादेखि शून्य मौज्दात रहेका छन् ।

स्वास्थ्य चौकीमा औषधि नहुदा निकै समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा आएर मात्र केही हुँदैन आवश्यक औषधि, उपकरण लगायतका सामाग्रीको व्यवस्थापन हुनुपर्ने हो तर त्यसो नहुदा समस्या भइरहेको छ ।

साभार : निर्माण सञ्चार

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: