‘प्रदेश सरकारमा ३३ प्रतिशत महिला पुर्‍याउन पहल गर्छु’


प्रकाशित मिति :2018-02-12 15:35:03

–महिला खबर संवाद–

ललितपुर । नेकपा माओवादी केन्द्रकी राधिका तामाङ आइतबार प्रदेश नम्बर ३ को प्रदेशसभा उपसभामुखमा चयन भइन् । ३४ वर्षीया तामाङ नुवाकोट १ (क) बाट निर्वाचित प्रदेश सांसद हुन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेकी तामाङ हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य छन् । तामाङसँग उपसभामुख भएपछि महिला खबरले गरेको कुराकानीको संक्षेपः–

प्रदेश २ को उपसभामुख बन्नुभएको छ । तपाईको जिम्मेवारी के–के हुन्छन् ?

– हामी अहिले नयाँ संरचनामा प्रवेश गरेका छाै‌ । धेरै वर्ष अगाडिबाट नेपाली जनताले कल्पना गरेको, ठूलो संघर्षबाट प्राप्त गरेको यो संघीय संरचना हो । यसलाई सफल बनाउनका निम्ति सबै सांसदहरूलाई एक ढिक्का बनाउन मेरो मुख्य जोड हुनेछ । यसमा सबै राजनीतिक दललाई सशक्त बनाउन आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका खेल्नेछु । थुप्रै कानुनहरू निर्माण गर्नुपर्ने छ । यसमा सहजिकरणका निम्ति मेरो भूमिका रहनेछ । अझै धेरै कार्यविधि बनाएर हामी अगाडि बढ्नुपर्ने छ । यी सबै खालका कठिनाइहरू सहज बनाउन मेरो भूमिका रहनेछ ।

प्रदेश सरकारमा महिलालाई दलहरूले मुख्यमन्त्री त बन्न दिएनन् । प्रदेश ३ को सरकारमा महिलाको सहभागिता चाहिँ कसरी सुनिश्चित होला ?

– प्रदेश सरकारमा ३३ प्रतिशत मात्रै होइन त्यो भन्दा बढी महिला सहभागिता गराउनुपर्छ भन्ने मेरो जोड हो । यसमा पार्टीका शिर्ष नेताहरूले जनताको सामू कमिट्मेन्ट गरेका कुरालाई कार्यान्वय गर्नुपर्छ । कानुनमा त कार्यपालिकामा ३३ प्रतिशत महिला भन्ने छैन । तर पनि हामीले जनताका सामू प्रतिवद्धता गरेका कुरालाई कानुनी हिसाबले नभए पनि व्यवहारले पुष्टि गराउन राजनीतिक दल एक ढिक्का हुनैपर्छ । म मेरो ठाउँबाट त्यसका निम्ति घच्घच्याउने नै छु ।

तर कानुनी हिसाबमा त्यस्तो व्यवस्था नभएका कारण बाध्यात्मक रुपमा ३३ प्रतिशत वा त्यो भन्दा बढी महिला सहभागिता पुर्‍याउन सकिँदैन कि भन्ने पनि लागेको छ । तर महिला प्रतिनिधित्वको सवालमा सांसद ज्यूहरूलाई घच्घच्याउन नपर्ने हो । सिनियर नेताहरूले यो कुरा बुझ्नुपर्छ हो । बुझ्छन् भन्ने पनि लागेको छ ।

लैंगिक मैत्री प्रादेशिक कानून बनाउन तपाईको भूमिका के हुन्छ ?

– कानून निर्माणका क्रममा त्यहाँ सबै सदस्यहरू, कानून विद्हरूसँग सल्लाह गरेर मैले गर्नुपर्ने ठाउँमा संयोजनको भूमिका निर्वाह गर्नेछु । अहिले जति बाहिर भनिएको छ, त्यो खालको स्थिति छैन । व्यवहारमा लागू गर्ने र कानुनले दिएका कुरालाई कार्यन्वयनमा ल्याउन सहज छैन । सहज रुपमा स्वीकार गर्नका निम्ति मैले भूमिका खेल्नुपर्छ भन्ने लाग्छ । त्यतातिर मेरा ध्यान जानेछ ।

 प्रदेश नं ३ मा महिलाको अवस्था कस्तो छ, यहाँको महिलाको आवश्यकता के देख्नुभएको छ ?
– पछिल्लो समय राजनीतिमा महिलाको सहभागिता उत्साहजनक छ । कतिपय चुनाव जितेर आएको अवस्था छ भने धेरै जना समानुपातिकबाट आउनुभएको छ । केही गराैँ भन्ने उद्देश्यले आउनुभएको छ । त्यहाँ कतिपय नयाँ हुनुहुन्छ भने कतिपय पुराना । पुरानो अनुभव सँगालेर आउनुभएका कारण उहाँहरू आफैँ पनि सक्षम हुनुहुन्छ । अर्को यो संरचना नयाँ भएका कारणले हामीले आफैले बाटो निर्माण गर्दै अगाडि बढ्नुपर्ने हुँदा गाइड लाइनको आवश्यकता पनि देख्छु । प्रदेश नं ३ का महिलाको स्थितिलाई हेर्दा पहिलेको तुलनामा राजनीति, सामजिक लगायत चेतनाका हिसाबले पहिलेको तुलनामा सुधार भएको अवस्था छ । तर, जुन स्पिडमा हुनुपर्ने हो त्यो हुन सकेको छैन् । मुख्य कुरा राज्यले त्यसको जिम्मेवारी लिनुपर्छ । राज्यले त्यो खालको वातावरण सिर्जना गर्नुपर्छ । अझै पनि संविधानले दिएका कुराहरू हामीले कार्यान्वयन गर्न सकेका छैनौँ । यो विषयमा राजनीतिक दलका शिर्ष नेताहरू गम्भीर हुनुपर्ने अवस्था छ । जुन कमिन्टमेन्ट जनताको सामु गरेका थियौँ । हामीले आफैँले पनि कार्यान्वयन गर्न सकेका छैनौं । उदाहरणको रुपमा अहिले सात वटै प्रदेशमा पुरुष मात्रै मुख्यमन्त्री । एक जना पनि महिला मुख्यमन्त्री बन्न दिइएन । अनेक वहानामा महिलालाई मुख्यमन्त्री बन्ने बाटो बन्द गरियो । हेर्दा खेरि पनि यो पीडादायी क्षेत्रको अवस्था छ । त्यसकारण माथिल्लो लेवलका महिलाको अवस्था त यो छ भने आम महिलाको अवस्था त कल्पना पनि गर्न सक्दैनाै‌ । यसर्थमा राजनीतिक लिडरसिप गम्भीर बन्नुपर्छ । इमान्दार हुनुपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

कुस्तीमा संगीताले रचिन् इतिहास, नेपाललाई पहिलो पटक स्वर्ण

यसअघिका सागमा नेपालले कुस्तीमा स्वर्ण जितेको थिएन ।

मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् !

“तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन ।

बुहारीलाई छाउगोठमा राखेर मृत्यु भएको आरोपमा जेठाजु पक्राउ

-महिला खबर- छाउपडी प्रथा विरुद्ध मुलुकी अपराध संहिता लागू भएपछि छाउप्रथा कायम राखेको आरोपमा व्यक्ति पक्राउ

बोक्सी आरोपमा दोलखाका एक दम्पत्तीलाई टोल सुधारको भेलाबाट सामाजिक बहिष्कार

–महिला खबर– माइन्यूटमा १ सय १३ जनाले हस्ताक्षर गरेका छन् । 

कर्णालीमा महिला नेतृत्व

कतिपय माथिल्ला तह र भूमिकामा पुगेका महिलाले आफ्ना उत्तराधिकारी वा महिला नेता उत्पादनमा ध्यान नदिनु

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: