नारी सर्बत्र पूज्येते: !!


प्रकाशित मिति :2018-02-11 15:21:49

– श्रीभक्त पौडेल ‘आफन्त’

सिमित नाराहरूमा
कथित स्वतन्त्रता भित्र
एक नजरबन्दी नारी
नियन्त्रित पुरुषत्वका
आदेश शिरोधार्य
गर्दै नमिठा घुटन र छटपटीहरूमा
जिउन बिवस नारी
घोषित अघोषित
स्वतन्त्रताकै लडाईं लड्दैछे
अधिनायक र अर्धसामन्तवाद
बिरुद्ध
निर्णायक संघर्षको शंखघोष गर्छे
किनकी
तोड्नुछ उसलाई
नैतिकताका घेराहरू
तिलहरी र सिन्दुरले छेकेका
सामाजिक पर्खालहरू !!
थाकिसकेकी छ नारी
कोटा र सिमान्तकृत घेराहरू भित्र
असहज सामाजिक श्वास फेर्दा फेर्दै
हो नारी चाहन्छे
कुरुती र कुसंस्कार बिरुद्धका युद्धहरू
बिस्फोट गराउन चाहन्छे
सामन्ती विरुद्धका
ग्रिनेड र बारुदहरू !
हो थाकिसकेकी छे नारी
कथित नारी सशक्तिकरण
नाराहरूमा
जुन २१ औं शताब्दिका लागि
नारीहरूको नाममा
पर्यावाची बनिसके
गोष्ठी र सेमिनारहरूमा
वर्षमा एकपटक आउने
विश्व नारी दिवसमा !!
अचम्म लाग्छ,
मन्दिरमा पुजिने नारी
घर आँगनमा अछुत हुन्छे
सृष्टिकी परिकल्पना नारी
मानवहरू नै लुच्छन्
दानवले नै नछोएकी नारी
आफ्नै आँगनमा शिकार हुन्छे !!
त्यसैले,
ए ! नारीहरू हो
समग्र जन्जिर र साङ्लो तोड्न
निस्क
तिमीलाई बन्दी बनाएका
सामाजिक संरचना फोड्न निस्क
कोटा र सिमान्तकृत होइन
बराबरी हक र अधिकारका आधार
खडा गर्न निस्क
कमजोर छैनौ, कमजोर नसम्झ
कमजोरी त तिम्रै सोचाई रहेछ
नानी छोरी बुहारी सासू
तिम्रा पहिचान होइनन्
किनकी तिमी थाकी सकेकी छौ
सुन्दा सुन्दै
नारी सर्बत्र पूज्येतेः !!

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: