बलात्कारपछि हत्या गरिएकी बालिकाको शव आठ महिनादेखि टिचिङमा


प्रकाशित मिति :2018-01-12 14:09:18

-खेमा बस्नेत-

काठमाडौं । गत जेठ ५ गते बलात्कारपछि हत्या गरिएकी डल्लुकी १० वर्षीया बालिकाको शव आठ महिनादेखि टिचिङ अस्पतालमै राखिएको छ ।

डल्लुस्थित चाँगलमा डेरा गरी बस्ने १० बर्षीया बालिकाको जेठ ५ गते शुक्रबार बलात्कारपछि हत्या भएको थियो । पीडकलाई कारवाही नगरेसम्म परिवारले शव नबुझ्ने भनेपछि अमृताको शव ८ महिनादेखि टिचिङमै राखिएको हो ।

मेरो छोरीले न्याय नपाएसम्म हामी शव बुझ्दैनौं, बालिकाकी आमाले भनिन् । न्याय दिने सवै निकायले न्याय दिन आनाकानी गरिरहेको उनको आरोप छ ।

शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप भएको र अमृतासँग ड्रेस नभएकाले त्यो दिन उनी घरमै बसेकी थिइन् । बालिकाकी आमा काम गर्न कारखाना गएकी थिइन् । आठ वर्षीय कान्छो भाई पनि स्कूल गएका थिए ।

साँझ पाँच बजेतिर दिदी बोल्दैन भन्दै भाई, आमाकहाँ पुगेका थिए । उनी हतारहतार घर फर्किन् तर छोरी मृत अवस्थामा फेला परिन् ।

‘म कारखानामै थिए,स्कुलबाट छोरा मलाई बोलाउन आयो,मैले दिदी खोइ भन्दा दिदी त घाँटीमा सल बेरेर सुतेको छ भने । म कोठामा पुग्दा छोरीलाई झुण्ड्याए जस्तै अवस्थामा भेटे’ बालिकाकी आमाले भनिन् ।

हतारहतार छोरीलाई वीर अस्पताल पुर्याए । डाक्टरले अमृतालाई मृत घोषित गरे । ‘भित्र के के भए थाहा भएन, तर अस्पतालले बलात्कारको आशयले महानगरिय प्रहरी वृत स्वयंम्भुलाई कागज दिएका रैछन्’ उनले भनिन् ।

आफ्नो कोठासँगै डेरामा बस्ने छिमेकी दिनेश चौधरी भन्ने मोरङका विश्वराम रन पहेलीले नै छोरीको हत्या गरेको सन्तोषीको आरोप छ । विश्वरामले छोरी अमृता माथी पटक–पटक यौन दुव्र्यवहार गर्दै आएको समेत उनले बताइन् ।

‘मेरो छोरीलाई पटक पटक छोरी भन्दै अंगालो हाल्ने, शरीर छुने र मलाई पनि शरीरमा स्पर्श गर्ने गर्थे, नगर भन्दा धम्की दिन्थे, छोरीलाई केही दिनमा ठेगना लगाउछु भन्थे,उनले भनिन् । हत्या भएको दिन पनि अस्पताल लैजान सहयोग माग्दा नमानेको उनले बताइन् ।

महानगरिय प्रहरी वृत स्वयंम्भुले विश्वरामलाई जेठ ५ गते राती नै हिरासतमा लिएको थियो । किटानी जाहेरी भने निकै सघर्षपछि जेठ ३० गते लिएको थियो । विश्वरामलाई र्पुपक्ष थुनामा राखिएको छ ।

मुद्दा हेरिरहेका अधिवक्ता स्वागत नेपालले बालिकाको बलात्कारपछि हत्या भएको बताएका छन् । ‘अमृताको बलात्कार गरी हत्या भएको हो । उनको यौनीमा निलडाम छ । शरीरमा पनि घाउ छ । बालिकाले न्याय पाउनुपर्छ तर अहिलेसम्म न्याय पाउनमा ढिलाई भैरहेको छ,’उनले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: