एक महिनामा ७८ जना महिलाहरू माथि हिंसा


प्रकाशित मिति :2017-10-12 17:24:30

महिला खबर
काठमाडौं । गएको सेप्टेम्बर महिनामा नेपालमा ७८ जना महिलाहरूमाथि विभिन्न किसिमले हिंसा भएको प्रतिवेदन सार्वजनिक भएको छ । जसमध्ये २१ जना १८ वर्ष मुनिका बालिकाहरू रहेका छन् । विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरूमा प्रकाशित महिला हिंसा सम्बन्धित घटनाहरू र ओरेक नेपालले अभिलेखिकरण गरेका घटनाका आधारमा प्रतिवेदन सार्वजनिक भएको हो ।

हिंसा प्रभावित बालिकाहरू मध्ये ५८ प्रतिशत बालिकामाथि यौन हिंसा, २१ प्रतिशत मानसिक हिंसा, १३ प्रतिशत शारीरिक हिंसा र ८ प्रतिशत बेचविखनको प्रयासबाट हिंसा भएको पाइएको छ ।

यसैगरी, ओरेक नेपालको अभिलेखिकरणका आधारमा गएको छ महिना (मार्च देखि अगष्ट) मा पाँच सय ९२ जना हिंसा प्रभावितहरूमध्ये एक सय २२ जना १८ बर्ष मुनिका बालिकाहरू विभिन्न किसिमका हिंंसाबाट प्रभावित भएको पाईएको छ ।

हिंसा प्रभावित बालिकाहरू मध्ये ६४ प्रतिशत यौन हिंसाबाट प्रभावित छन् भने, १७ प्रतिशत मानसिक हिंसा, १३ प्रतिशत शारीरिक हिंसा, २ प्रतिशत हत्या, २ प्रतिशत बालविवाह, १ प्रतिशत बेपत्ता पारिएको र १ प्रतिशतको एसिड आक्रमणको कारणले हिंसा भएको पाइएको छ ।

घटनामा संलग्न पीडकहरूमध्ये ५३ प्रतिशत छिमेकी, १३ प्रतिशत परिवारका सदस्य र १८ प्रतिशत अपरिचित व्यक्तिहरू रहेका छन् । यसले के देखाउँछ भने बालिकाहरू घर भित्र होस् या बाहिर जुन सुकै ठाउँमा पनि असुरक्षित छन् ।

यसै गरी सेप्टेम्बर महिनामा मात्रै अभिलेखीकरण भएका जम्मा ७८ वटा महिला हिंसाका घटनाहरू मध्ये ३४ महिलाहरू शारीरिक हिंसा, ९ जना महिलाहरू बहुविवाह र ४ धम्कीको कारणले मानसिक हिंसा सहन बाध्य भएका छन् ।

यसैगरी १७ जनामाथि बलात्कार र ३ जनामाथि बलात्कारको प्रयास भएको छ । यस्तै ३ महिलालाई यौन दुव्र्यवहार भएको घटना दर्ता भएको छ । यसै सेप्टेम्बरमा मात्रै ४ महिलाहरूको हत्या भएको छ भने २ जनामाथि बेचविखनको प्रयास र २ जनालाई बोक्सीको आरोप तथा दाइजोको कारणले माहिलाहरूमाथि शारीरिक हिंसा भएको पाइएको छ ।

उच्च बालविवाह हुने देशहरूमध्ये एशिया मै नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालमा ३७ प्रतिशत बालिकाहरूको १८ वर्ष मुनिको उमेरमा विवाह हुने गरेको छ भने १० प्रतिशत बालिकाहरूको १५ वर्ष मुनि विवाह हुने गरेको छ ।

महान्याधीवक्ताको कार्यालयद्वारा प्रकाशित वार्षिक प्रतिवेदन २०७१ का अनुसार मानव बेचिबिखनबाट प्रभावितहरूमध्ये २४ प्रतिशत १६ वर्ष मुनिका, ४१ प्रतिशत ६ देखि १८ वर्ष उमेर समुहका र २४ प्रतिशत १८ वर्ष माथिका रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

घाँस काटने क्रममा लडेर मृत्यु

गुल्मी । गुल्मीमा घाँस काटने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको कालिगण्डकी गाउँपालिका

नेपाली चेलीलाई ‘हार्वर्ड हिरो २०१९’ को उपाधि

उनको कार्य सम्पादन मुल्याङ्कनलाई आधार मानेर  उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।

शितलका हत्यारालाई थुनामा राख्न आदेश

आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशंकामा तामाङले शितलको हत्या गरेको स्वीकार गरेको पाँचथर

सफा गाउँ अभियानले बिरामी कम

प्रकाश सिंह/महिला खबर उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: