चाडपर्वमा हिंसा रोक्न घरेलु मदिरा नियन्त्रण गर्दै छौं – प्रनाउ कार्की


प्रकाशित मिति :2017-09-27 21:17:14

जिल्ला प्रहरी कार्यालय दोलखाले मदिरा नियन्त्रणको लागि विशेष अभियान सञ्चालन गरेको छ । महिला हिंसा, घरेलु हिंसा, विभिन्न आपराधिक घटनाको मुख्य कारक घरेलु मदिरा हुने गरेकोले पनि घरेलु मदिरा नियन्त्रणलाई प्राथामिकताका साथ अगाडि बढाईएको प्रहरीले जनाएको छ । यसै सेरोफेरोमा महिला खबर संवाददाता सर्मिला बुढाथोकीले जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीसँग गरेको कुराकानी :-

दशैंमा मदिराको अत्याधिक प्रयोग हुने गरेको छ । यसलाई रोक्न प्रहरीको के योजना छ ?
मदिराकै कारण विभिन्न आपराधिक घटनामा बृद्धि भएको साँचो हो । महिला हिंसा, घरेलु हिंसा जस्ता गतिविधिहरु बढेको र कानून अनुसार अवैधानिक समेत भएकोले हामीले दोलखा जिल्लालाई घरेलु मदिरा मुक्त जिल्ला बनाउने विशेष अभियान चलाई रहेका छौ । दशै तिहार जस्ता चाडवाडमा यसको प्रयोग अस्वभाविक हुने भएकोले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको विशेष टोलि बनाएर होटलहरु सर्च गर्ने, शंकास्पद ठाँउमा खानतलासी गर्ने जस्ता कामहरु भइरहेका छन् । साथै सिल प्याक मदिराहरु पनि कानुनी रुपमा अनुमति लिएर बिक्री वितरण भएको छ की छैन भन्ने पनि अनुगमन भै रहेको छ ।

– घरेलु मदिराका कारण कस्ता कस्ता घट्नालाई बल पुगेको पाउनु भएको छ ?

जिल्ला प्रहरी कार्यालयमा आउने उजुरी र प्रहरीले गस्तीको क्रममा भेटेको घट्नाहरुलाई हेर्दा घरेलु मदिराका कारण घरेलु हिंसा, बालबालिका माथि हुने हिंसा, जर्वजस्ती करणी, बालबालिका कुलतमा लाग्ने जस्ता अपराधिक गतिविधि हुनुमा घरेलु मदिरा मुख्य कारक पाईएको छ । त्यसैले पनि यसको पूर्ण नियन्त्रण आवश्यक छ ।

– दोलखा प्रहरीमा दर्ता भएका आपराधिक घट्नाहरुमा बढी कस्ता खालका घट्नाहरु छन् ?

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका आपराधिक घटनाहरुमा जर्वजस्ती करणी, जर्वजस्ती करणी उद्योग, अनुसूचि १ अनुसारको विभिन्न फौजदारी प्रकृतिका आपराधिक घटनाहरु बढी पाईएको छ ।

– विशेषगरी महिला पीडित भएका अपराधिक घट्नाहरु मिलापत्रमा टुङ्गिने भएकोले पीडितले न्याय पाउन सक्दैनन् भन्ने गरीन्छ नी ?

दोलखा प्रहरीले अहिलेसम्म कुनै पनि अपराधिक घट्नामा मिलापत्र गराएको छैन् । र दोलखा प्रहरीले मुद्धा चलाएका घट्नाहरुमा आरोपी साधारण तारेखमा छुटेको रेकर्ड पनि छैन । तर कुनै कुनै बेला श्रीमान श्रीमती बीचको झगडा आउँदा दुबैको सहमतिमा मिलेर जाने गरेको केही उदाहरण भने छन् ।

– दोलखा जिल्लामा आत्महत्याका घट्नाहरु पनि निक्कै हुने गरेको तपाईंहरुकै तथ्याङ्कले देखाएको छ । यसको कारण के पाउनु भएको छ ?

अन्य जिल्लाको तुलनामा दोलखा जिल्लामा आत्महत्या गर्नेको संख्या निक्कै बढी छ । आत्महत्या गर्नेमा महिलाहरु नै बढी पाईएको छ । उमेरको हिसाबले हेर्दा सबै उमेर समूहको पाईन्छ । आत्महत्या गर्नुको तथ्यगत कारण त पाउन मुश्किल छ किनभने मर्नेले त्यस्तो केहि खुलाएर गएको हुँदैन तर सामान्यत घरायसी विवादकै कारण आत्महत्या गरेको धेरै पाईन्छ ।

– दशैं तिहार जस्ता चाडपर्वमा जुवा तासको चर्चा पनि निक्कै हुने गर्छ । दोलखामा जुवातास नियन्त्रणको प्रयास कस्तो छ ?

जुवा तासका कारण धेरैको परिवार भाडिएको छ । घरेलु हिंसाको कारण पनि जुवा तास हुने गरेको छ । यो गैर कानुनी पनि छ त्यसैले हामीले यसको नियन्त्रणको लागि अभियान चलाएका छौ । चाडपर्व वा अन्य कुनै वहानामा जुवा तासले छुट पाउन सक्दैन । कसैले जुवातास खेलेको पाईएमा मुद्धा चलाएर कारबाही प्रकृया अगाडि बढाउँछौ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: