‘नेतृत्वमा आउन महिला तयार’


प्रकाशित मिति :2017-04-17 16:57:56

स्थानीय तहको निर्वाचन यहि वैशाख ३१ गते हुँदैछ । याे निर्वाचनमा धेरै महिला नेतृत्वमा आउन उत्साहित देखिन्छन् । नेतृत्वमा आउन चाहिरहेका महिलाको तयारीबारे नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तुका अगुवा नेता विमला घिमिरेसँग महिला खबरका पार्वती पाण्डेले गर्नुभएको छोटो कुराकानी । 

आफ्नो राजनीतिक यात्रालाई कसरी हेर्नुभएको छ ?

यसको उत्तर दिँदा मैले आफ्नो जीवनमा भोगेका भोगाइबारे पक्कैपनि जानकारी दिनुपर्ने हुन्छ । महिलाले राजनीति गर्न हुँदैन भन्ने हाम्रो सामाजिक मान्यताबाट माथि उठेर राजनीति र सामाजिक काममा अगाडि आउनु निकै चुनौतिपूर्ण छ । मैले पनि यस्ता धेरै चुनौति भोग्नुपर्यो । तर, अप्ठेरोमा पनि घरपरिवार, पार्टीका साथीहरुका सहयोग, समर्थनले अगाडि बढ्न सघायो ।

तरपनि, महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा कहिलेकाँहि अत्यन्तै अप्ठ्यारा परिस्थिती पनि सिर्जना हुने गरेको छ । ती परिस्थितीलाई सामना गर्दै सामाजिक राजनीतिक आन्दोलनमा निरन्तरता दिएको अवस्था हो ।

१६ वर्षको विद्यार्थी अवस्था देखि नै म राजनीतिमा लागे । २०४७ सालमा नेकपा एमालेको संगठित सदस्य भए । त्यसपछि पार्टीको जनवर्गिय संगठनहरु अनेरास्ववियु, अनेमसंघ जिल्ला कमिटीमा काम गर्दै विभिन्न अधिवेशनबाट अनेमसंघको जिल्ला अध्यक्ष, पार्टीको जिल्ला कमिटी सदस्य, उपसचिव, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, जिल्ला सचिव हुँदै हाल पार्टीको केन्द्रीय स्कुल विभाग सदस्य र संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएको छु ।

सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ, तपाइँलाई चुनाव हुन्छ जस्तो लाग्छ ?

चुनाव हुन्छ । निर्वाचनको वातावरण सरकारले मिलाउनुपर्छ ।

निर्वाचनमा महिलाको ४० प्रतिशत सहभागिता हुन्छ जस्तो लाग्छ ?

अब हुने स्थानीय तहको निर्वाचनमा महिलाको ४० मात्र होइन, प्रमुख वा उपप्रमुखमध्ये कुनै एक गर्दा ४० प्रतिशत भन्दा माथि हुन आउँछ । किनकी, प्रत्येक नगरपालिका वा गाउँपालिकाका वडामा अध्यक्ष र ४ जना सदस्य मध्ये २ जना महिला अनिवार्य हुने प्रावधान छ ।

निर्वाचनमा जाने कस्तो छ तयारी ?

तयारी भइरहेको छ । नेतृत्व अर्थात् सदस्य बन्नका लागि महिलाहरु तत्पर छन् । महिला नेतृत्वको लागि अवसरको खाँचो छ तर, सबै राजनीतिक दल र केहि भुगोलहरुमा आन्तरिक समस्या नहोला भन्न सकिँदैन । संवैधानिक व्यवस्था भएको हुनाले दर्ता भएका दलहरुले गम्भिरताका साथ यसको समाधान खोज्नुपर्छ । विभिन्न दलमा संलग्न महिलाले पनि यसलाई अवसरका रुपमा लिएर दलभित्र क्रियाशिलता बढाउँदै संविधानले दिएको अधिकार प्रयोग गर्न र सचेत हुन जरुरी छ । समय पनि थोरै छ, त्यसैले यसमा महिलाहरु सक्रिय भएर लाग्नुपर्ने देखिन्छ ।

जिल्लाका ६ वटै नगरपालिकामा प्रमुख र उपप्रमुख बन्न महिलाहरु तयार छन् त ?

जिल्लामा क्रियाशिल एवं निर्वाचन आयोगमा दर्ता भएका दलहरुमा संवैधानिक व्यवस्था भएकोले सकेसम्म धैरै भन्दा धैरै गाउँपालिका वा नगरपालिकाका प्रमुख र वडा अध्यक्षमा समेत महिला आउनुपर्छ । त्यसका लागि सम्बन्धित दलले उपयुक्त वातावरण बनाउन जरुरी छ ।

महिलालाई जिम्मेवारी पुरा गर्न सक्दैनन् भन्ने अनि हार्ने ठाउँमा दिने परिपाटी दलहरुमा छ, यसलाई के भन्नुहुन्छ ?

महिलालाई जिम्मेवारी पूरा गर्न सक्दैनन् भन्नेमा म सहमत छैन । किनकी, जिम्मेवारी पाएका स्थानमा महिलाले राम्रो तरिकाबाट काम गर्दै आएका थुप्रै उदाहरण छन् ।
अर्कोतर्फ जित्ने ठाउँमा मात्र महिलालाई अगाडि सार्ने, हार्ने ठाउँमा नदिने भन्ने कुरा ठिकै पनि हो । तर, सबै दलमा यो लागु हुँदैन । नेकपा एमालेको हकमा कुरा गर्दा मुलुकभर महिलालाई अवसर दिने र जित्ने ठाउँमा महिलालाई दिने भन्ने नै छ ।

अन्त्यमा यहाँले भन्नैपर्ने केही छ कि ?

स्थानीय तहको निर्वाचनको दिन नजिकिँदै छ । सबै राजनीतिक दलका नेताहरुले सकारात्मक विभेदको नीतिलाई अवलम्बन गर्दै महिला उम्मेदवार दिने कुरामा आफुलाई अग्र स्थानमा पुर्याउनु हुनेछ भन्ने अपेक्षा राखेकी छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: