‘बालिकालाई हिंसाबाट बचाऔं’ भटटराई


प्रकाशित मिति :2017-03-17 12:11:31

सुनसरी जिल्लामा गम्भीर प्रकृतिका मानवअघिकार उल्लँघनका घटनामा वालिका बलात्कारका घटना सबैभन्दा बढी देखिएको छ । यसले वालिका असुरक्षित बन्दै गएको देखाउछ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्यांक अनुसार सन् २०१६ मात्र सुनसरीका १३ वालिका बलात्कारको सिकार बने । ८ जना माथि बलात्कारको प्रयास भयो । पछिल्लो दुई महिनाको अवधिमा ३ जना वालिका वलात्कृत भएकोमा एकको बलात्कार पछि हत्या भएको छ । सुनसरी प्रहरीको तथ्याँकमा गत साउनदेखि माघ मसान्तसम्ममा ३३ वटा जर्वजस्ती करणीका घटना भएकोमा २१ जना वालिका बलात्कारका घटना छन् । किन यसरी वालिका बलात्कारका घटना वढिरहेका छन् त ? हामीले मानवअधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भटटराईसँग कुराकानी गरेका छौ ।


सुनसरीमा गम्भीर मानव अधिकार उल्लंघनका घटनामा बालिका बढी प्रभावित देखियो, कस्तो अवस्थामा बालिका बलात्कार पीडित बनेका छन् ?

बालिकाहरु कुनै एउटा कारण घटनाबाट बलात्कार भैरहेका छैनन् । वालविवाह पनि एउटा मूल कारण बनेको छ । त्यसै गरी आर्थिक रूपमा विपन्न पारिवारका वालिकाहरु बढी बलात्कारको जोखिममा परेका छन् । घरेलु बालमजदुरको रूपमा संलग्न वालिकाहरु उच्च जोखिममा छन् । पछिल्ला समय प्रविधिको विकास सँगै इन्टरनेटको दुरुपयोगका कारण कथित माया प्रेमका नाममा बलात्कारको कारण बन्न गएको छ । वालिका तथा किशोरीहरुलाई आर्थिक प्रलोभनमा पारेर यौन प्रभावमा पार्नु । किशोरीहरुले सामाजिक सञ्जाल मार्फत स्थापित प्रेम विवाह (Eloping Marriage) का नाममा वालिका बलात्कृत हुने र सडकमा छाडिनु पर्ने अबस्स्था बनेको छ ।

वालिका बलात्कारका घटना किन बढिरहेका छन् ?

 बालिका बलात्कारका घटना एक पछि अर्कौ बढदै जानुको प्रमुख कारण राज्यको नीति प्रभावकारी ढंगले कार्यान्वयन हुन नसक्नु नै हो । पिडकलाई कारवार्ही गर्न कानुनी व्यवस्था छ । तर कार्यान्वयन तहमा रहेका संयत्र तथा जिम्मेवार सरोकारवालाहरुको कमजोरले बालिका बलात्कारका घटनालाई बढाइरहेको छ । यसका साथै आफना छोराछोरीको स्वाभाब तथा रुचिप्रति अभिभावकको बेवास्ता, बालिकाप्रतिको गलत हेराई र बुझाई, साथिभाईहरुको लहलहै, घरेलु वालश्रमलाई दुरुत्साहन गर्न नसक्नु । बालश्रम उपयोग गर्ने संस्थाहरू होटेल, मनोरंजन तथा सत्कार क्षेत्र, हाटबजार, मेलापर्ब, एकलै यात्रा गर्ने र सुरक्षा साबधानि नहुनु आदि । बलात्कार जस्तो जघन्य र संवेदनशील घटनाका पीडितको गुनासोलाई हल्का रूपले लिने र भरसक उजुरी बापत ठाडो निवेदन नलिने गरेको पाइन्छ । औपचारिक उजुरीको झण्झट लगाउने, चौकिले इलाकामा पठाउने, इलाकाले जिल्ला पठाउने र कुनै कुनै घटनाहरू जिल्लामा अनावश्यक दबाब आएमा जिल्लाले पुनः इलाका र चौकिमै छलफल गराएर के भएको हो प्रतिवेदन गर्नु भन्ने आदेश गर्दा, कमजोर आर्थिक पृष्ठभूमिका पिडितहरुले न्याय प्राप्तिको माध्यम झन्झटिलो महसुस गर्ने र पुनः सामाजिक छलफलको सहारा लिने गरेका छन् । उजुरीमा दोषी किटान गरिएकालाई अनुसन्धानको दायरामा ल्याउन तत्काल पक्राउ नगरी उम्किने वातावरण बनाई दिने पनि भेटिएको छ । घटना भएपछि तत्काल घाउ जाँच तथा शारीरिक परीक्षण गर्नुपर्छ, घटनाको समयमा प्रयोग भएका लुगा कपडा प्रमाणको लागि सुरक्षित राख्ने, शरीर धोईपखालि नगर्ने भन्ने कुराको बोध नहुँदा घटना सँग सम्बन्धित सबै प्रमाणहरु लोप हुन सक्ने कुराप्रति पीडित चनाखो नहुँदा पछि प्रमाणको अभावमा पिडकलाई कारबाहीको भागिदार बनाउन नसक्ने र पुन बलात्कारका घटनाहरू बढिरहने गरेका छन् ।

संघसस्थाहरुवाट चेतनामुलक कार्यक्रमहरू भइरहेका छन् तर वालिका किन असुरक्षित ?

 संघसंस्थाहरुले सीमित स्रोत साधनमा सञ्चालन गरेका चेतनामुलक कार्यक्रमले राज्यको काममा केही योगदान पुरयाएपनि सम्ंपूर्ण समस्या समाधान एकै पटक सम्भव छैन । सबै संघसस्थाहरुले बालबालिकाको संरक्षणका मुद्धामा मात्र कार्यक्रम सञ्चालन गरेका पनि छैनन् । कसैले शिक्षामा, कसैले स्वास्थ्य, कसैले निर्माण त कसैले शिप र आयआर्जनका क्षेत्रमा । संघसस्थाको निश्चित स्थान, क्षेत्र र अवधिमा नमुनाका रूपमा सञ्चालन गरिने कार्यक्रमले सबै समस्याको सम्बोधन हुन सक्दैन ।

यस्तो अवस्थामा बालिकालाई सुरक्षित गराउन मानव अधिकार सञ्जाल सुनसरीको भूमिका के त?

मानव अधिकार सञ्जाल सुनसरी अधिकारको पैरवि गरिरहेका संस्थाहरूको लुज फोरम हो । सञ्जाल आफैँले कुनै पनि दातृनिकायमा प्रस्ताव पेस गरेर परियोजनाहरू सञ्चालन गर्दैन । तर आफना सदस्य संस्थाहरूलाई बालिकाको अधिकार संरक्षणका लागि आफना परियोजनाहरुलाई मानव अधिकार मैत्री बनाउन, संस्थाको कार्य क्षेत्र निर्दिष्ट गरेका छौँ । बालविवाह हुन नदिन संस्थाहरूका कार्यक्रम मार्फत गाउँगाउँमा सचेतना जगाउने, महिला तथा बालबालिकाको अधिकार हनन नहोस भन्ने अभिप्रायले राज्यका निकाय तथा जिल्लामा क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसस्थाहरुका परियोजनाहरू नतिजामुखि बनाउन ध्यानाकर्षण गराउने प्रयत्न गर्दै आएका छौँ र अगामि दिनहरूमा समेत प्रयत्न जारी राख्नेछौं ।

सुनसरीमा यस्ता घटना लुकाउने, दोषीले उन्मुक्ति पाउने वा गाउँ ठाउँमै मिलाउने गरेको कत्तिको पाइन्छ ?

सबै घटनाहरू तोडमोड गरिन्छन भन्ने हैन तर बलात्कारका घटनाहरू व्यक्ति तथा उसको सक्षमताको आधारमा अगाडि बढ्छन । स्थानीय स्तरमा घटनालाई भरसक दवाउन चाहने र कदमंकदाचित घटना बाहिर आएमा प्रथमतः सामाजिक स्तरमा जातीय तथा सामाजिक अगुवाहरुको विश्वास र दबाबमा छलफल गरी समाजकै निर्णयमा जरिवाना तोक्ने वा पीडकलाई माफी मिनाहा दिने प्रचलनले पिडकको मनोबल बढने र पीडित थप पिडा र असुरक्षित बन्नुपर्ने स्थिति छ । समाजमा छलफल भएर सहमति जुटेन भने मात्र बिचौलियाको सहारामा प्रहरी कार्यालय वा स्थानीय चौकिमा घटनाको उजुरी गरिन्छ । स्थानीय सामाजिक अगुवाहरुको दबाबमा प्रहरीले दोषीलाई नियन्त्रणमा नलिने, मुद्धा दर्ता नगरी प्रहरी कार्यालयको हाता भित्र खुल्ला पंचायति (छलफल) गर्ने र घटनालाई कमजोर बनाउने प्रयत्न हुन सक्छन् । यदि त्यस्तो नहुँदो हो त किन प्रहरी कार्यालयको चौरमा हप्र्तौ सम्म एउटै विषयलाई लिएर पंचायति हुन्छ र पीडितले दिएको जाहेरि फिर्ता लिएर मिलापत्र गर्ने वातावरण बन्दछ ?

वालिका बलात्कारका घटना हुन नदिन कसको के भूमिका हुनुपर्ला ?

सरकारः परम्परागत प्रथाहरु दाईजो र बालविवाह अन्त्य गर्न कडा रूपमा प्रस्तुत हुनुपर्छ । कानुनको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । राज्यका निकायहरूले नतिजामा आधारित योजना बनाएर कार्यानवयन गर्नुपर्छ । तालिम प्राप्त अधिकारीहरूले मुद्धाको अनुसन्धान तथा तहकिकात गर्नुपर्छ । प्रहरी प्रशासनले विद्यालय तथा समुदायमा छलफल अन्तरक्रिया आयोजना गर्ने । महिला तथा बालबालिका कार्यालयले आफना कार्यक्रमहरूमा वालिका तथा किसोरीहरुलाई अनिवार्य सहभागी गराएर किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने । आत्मरक्षाका लागि खेलकुद, ब्यायाम र कराँते जस्ता खेल कसरतको शीप सिकाउने । होर्डिङ्गबोर्ड, वालपेन्टिङ्ग, पोष्टर, पम्प्लेटिङ्ग, ब्रोसर प्रकाशन, विद्यालय बाहिर रहेका किशोरीहरुका लागि शीपमुलक तालिम सञ्चालन गर्ने । जनहितमा जारी सूचना प्रवाह गरी सचेतना बढाउनु पर्छ ।

सञ्चार क्षेत्र : मानव अधिकार मैत्रि भएर समुदायको वास्तविक अवस्था प्रचार प्रसार गर्ने । समुदायका विचार तथा भोगाईहरुको सार्वजनिक गर्ने । जनहितमा जारी सूचना प्रवाह गरी सचेतना बढाउनु पर्छ ।
गैसस : सामाजिक संघसंस्थाले संचालनगर्ने कार्यक्रमहरू समुदायको आबश्यक्ता अनुसार उनीहरूकै सहभागितामा योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
आमा समूह, सहकारी तथा अन्य सामाजिक संस्थाहरू : संस्थाको नीति अनुसार संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी कार्यक्रम सञ्चालन गर्ने । जस्तै होर्डिङ्गबोर्ड, वालपेन्टिङ्ग, पोष्टर,पम्प्लेटिङ्ग,ब्रोसर प्रकाशन, विद्यालय बाहिर रहेका किसोरिहरुकालागि सिपमुलक तालिम सञ्चालन गर्ने ।

प्रस्तुति लिलाराज भटटराई

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: