असन्तुलित महिला अधिकार


प्रकाशित मिति :2017-03-14 14:36:24

रविना फुयाल

सँगै हुर्के बढेकी साथीको बिहेको खबर सुनेर गौरी अचम्म मानिरहेकी थिई भने आफूलाई आएको प्रस्ताव पनि मनन गर्दै थिई। सानैदेखि सँगै स्कुल जाने आउने मात्र होइन, उनीहरू सँगै गृहकार्य गर्थे । घास दाउरा गर्न जंगल जाँदा पनि सँगै हुन्थे।

दुवैले एस।एल।सी राम्रै अंकले उत्तीर्ण गरे । उमेर पनि फरक थिएन उनिहरुबिच । दुवै बिस पुरा भई एक्काइस लागेका। फरक थियो त मात्र गौरिको असाधारण जिद्धिपना । जसले ऊ आफूले चाहेको कुरा प्राय पुरा गरेरै छाड्थिन । सरिता लजालु स्वभावकी थिइन् ।

नेपाली समाज, त्यसमाथि गाँउले परिवेश जहाँ छोरीको जन्मदेखि नै उसको कर्मघरको चिन्ताले आमाबाबुलाई पिरोलिरहन्छ। यही पिरले सरिताका बाबुआमालाई सधैँ सताइरहन्थ्यो । खुशीको कुरा सरिताको गाउकै जमिनदारको छोरासगँ विवाह भयो । आफ्नी छोरीलाई जमिनदारको घरकी बुहारी बनाउन पाँउदा खुशी थिए सरिताका बाबुआमा। आफूले सँगै जिन्दगी बिताउने मान्छेले कति पढेको छ, कति समझदार अनि सचेत छ भन्ने कुरामा न त सरिता चनाखो थिई न त उसका बाबुआमा नै।

छोरी धनाढ्य घरको बुहारी हुने सपनाले उसका बाबुआमाको अरू सोचबिचार नै गरेका थिएनन् । बिहे भयो। वर्षदिन नबित्दै सरिताको रुदै माइत धाउने सिलसिला सुरु भयो। रक्सी खाएर सधैँ हातपात गर्ने लोग्नेको कुटाइ खाएपछी ऊ रुन्थी, कराउथि अनि चुप लाग्थी । उसको यो दयालाग्दो दिनचर्या परिवर्तन गर्न धनसम्पतीले केही गरेन। महिला अधिकार र यस्ता हिंसाको विरुद्ध रहेको कानुनी उपचारका बारेमा पनि अन्जान रहनुले उसलाई थप पीडित बनाइरहेको थियो । विवश बनाइरहेको थियो।

त्यसबीच गौरिको पनि काठमाडौँको राम्रै परिवारको केटासगँ बिहे भयो । गौरी काठमाडौँको रहनसहनमा रम्न थालेकी थिई । उसको श्रीमान् हरबखत उसको इच्छा र जिद्धिपन पुरा गर्न तत्पर। माइतीघरमा हुँदा तिजको व्रत बस्ने दिनअघि आफ्नी आमाले पकाएको दरमा रमाउने गौरीलाई अब महिनौँ अघिदेखी पार्टी प्यालेस धाउने बानी परेको थियो । उसको लोग्नेले यो सब कुरालाई अनावश्यक ढोङको संज्ञा दिएर रोक्न खोज्दा ऊ नारी स्वतन्त्रता र महिला अधिकारको संज्ञा दिन्थी। उसको अपूरणीय इच्छा अनि जिद्धिपनको कारण उनीहरू अब सँगै बस्न नसक्ने भईसकेका थिए । जसको एउटै उपाय सम्बन्धविच्छेद नै थियो ।

सम्बन्धविच्छेद गरी उनले लोग्नेको आधा सम्पत्ति लिएर गई । अर्को विवाह गरी अनि त्यो पनि यसरी नै टुंगियो। उसका लागि नारी स्वतन्त्रता र अधिकारको अर्थ यस्तै थियो । उता सरितासँग भने आफूमाथि दिनहु हुने हिंसाविरुद्ध औंला उठाउने सामर्थ्य पनि थिएन। कारण, जति पनि महिला अधिकारका कुरा उठ्थे ती सबै सरिता र सरिताजस्ता महिलाहरूको दायराभन्दा पर थिए। यसरी फरक परिवेश तर एउटै देशका दुई महिलाका लागि नारी स्वतन्त्रता र महिला अधिकारको पर्याय नै फरक भएपछि समानताको अस्तित्व कहाँ रह्यो त?
                                                                                        रविना नेपाल ल क्याम्पसमा अध्ययन गर्दै हुनुहुन्छ ।    

    Comment Here!

Related NEWS
मुख्य खबर

द्वन्द्व प्रभावित महिलाका कानून मन्त्रीलाई प्रश्न– १२ वर्षसम्म नपाएको न्याय कहिले पाउँछौं ?

-महिला खबर- बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा द्वन्द्व प्रभावित महिलाहरुले कानून न्याय तथा संसदीय मामिला

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

विभिन्न धार्मिक ग्रन्थहरुका सकारात्मक पक्षहरुलाई सबैले मनन गरी आत्मसात् गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले उद्धारमा चासो देखाएको हो ।

किशोरी भलिबल प्रतियोगिता हुने

सुरुआती चरणमा भलिवल खेलमा किशोरीको सहभागिता नभए पनि अहिले जिल्लामा भलिवल खेलप्रति किशोरीहरुको चासो बढ्दै

सुस्त मनस्थितिकी युवती बलात्कृत

–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: