‘नेपाली महिलाकै यौनिक कथा पस्किने योजना छ’


प्रकाशित मिति :2017-03-12 15:55:23

फाल्गुन २५, २०७३- महिला, पुरुष र हाम्रो समाज । जान्ने र बुझ्ने भएदेखि नै लैंगीक विषयमा जान्ने र कुरा सुन्ने र मुल्यांकन गर्न मन लाथ्यो । पछि यसै बिषयमा ऐकेडेमिक रुपले नै अध्ययन गर्ने सोच बनाएँ । जेन्डर एन्ड बुमन स्टडिजमा स्नातक पनि गरें । मैले सुनेको र पढेको जेन्डर स्टडिज् हाम्रो समाजलाई चाहिने अचुक औषधी जस्तै रहेछ । अमेरिकाम यसै बिषयमा अध्ययन गर्न पुगेकी मैले त्यहाँ झनै एड्भान्स तरिकाले जेन्डर पढ्ने बुझ्ने मौका पाएँ ।

त्यहाँ अध्ययन गर्दा यसको आवश्यकता नेपालमा छ जस्तो लाग्यो । अमेरिकामा ‘भजाईना मोनोलग’ को अभियान अन्तर्गत मैले पनि अभिनय गर्ने मौका पाएकी थिएँ । त्यसमा अमेरिकी सोसाईटी अनुकुल महिलाको यौनिक अधिकारमाथि बहस गरिएको थियो । तर, त्यहाँको परिवेश र हाम्रो समाजमा आकाश–जमिन फरक छ । उनीहरु विभेद सहनु भन्दा पनि आफ्नो शरिरमाथिको अधिकार आफैमा हुनुपर्छ भन्ने आधुनिक मान्यता राख्छन् ।

खुलेर यौनको बारेमा कुरा गर्न सक्छन् । हामी कहाँ अहिले पनि महिनावारी (रक्तस्राप) हुँदा छाउ बस्ने परम्परा छ । यौन अंगको कुरा गर्नु त परै जाओस आफ्नै अंगको महत्व समेत गर्दैनन् । यो हाम्रो समाजको परम्परागत सोचको प्रभाव हो । दुई वर्ष पहिले अमेरिकाबाट नेपाल फर्किएपछि हाम्री बहिनी संस्थासंग आबद्ध  भएँ । त्यहाँबाटै केहि फरक काम गरु जस्तो लाग्यो । ‘भजाईना मोनोलग’ कोबारे पहिलो पटक सुनाउँदा हाम्री बहिनीमा आबद्ध युवतीहरु लाजले रातै भए । करिव एक महिना उनीहरुलाई यौन के हो ? किन बोल्न आवश्यक छ ? यसको महत्व के छ ? लगायत विषयमा सम्झाउनु पर्यो ।

पछि उनीहरुले नै यौनका कुन्ठा, उत्साह, सौन्दर्य र भोग्नु परेको हिंसा समेत सुनाए । भजाईना मोनोलग तीन वर्षदेखि निरन्तर देखाउँदै आएकी छु । दुई वर्षयता आफैले निर्देशन गरेर अमेरिकी लेखक इभ इन्सलरको कथामा आधारित नाटक देखाएका हौं । तर,  अब भने नेपाली महिलाकै यौनिक कथा पस्किने योजना छ । किनकी नेपाली परिवेशमा महिलाले यौनका अधिकारमा कुरा गर्नु मात्रै होइन सुन्नु पनि गाह्रो लाग्छ । म चाही यहि लक्ष्यमा छु । कि समाजले महिलाको यौन अधिकार सुन्ने र बुझ्ने हिम्मत राखोस् ।

पोलिसी लेभलमा महिला अधिकार सुनिश्चित गर्न आन्दोलन आवश्यक छ । यसो हो भन्दैमा व्यक्तिले चुप लागेर बस्नु पर्छ भन्ने छैन । एड्भोकेसी एक्सनमा हुनुपर्छ । अनि परिवर्तन सम्भव छ । हिंसाको कारण महिलालाई समाजले बस्तुको रुपमा हुनुले पनि हो । बस्तु होइन मान्छे भन्नका लागि नै अहिल महिला आवाज चर्किन थालेकोछ । परिवर्तनका लागि सरकार र राज्य ताकेर मात्रै पनि हुँदैन । मेरो विचारमा परिवर्तन म बाटै सुरु हुनुपर्छ जस्तो लाग्छ । हाम्री बहिनीले भजाईना मोनोलग देखाएर तीन दिनमा १ लाख ६० हजार रुपैयाँ रकम जुटाएका छौं । त्यो रकम सबै महिला रोजगारका लागि लगानी हुन्छ । त्यसैले, चेन्ज निड टु एक्सन ।

हाम्री बहिनीकी प्रोग्राम कोअर्डिनेटर भण्डारी ‘भजाईना मोनोलग’की निर्देशक पनि हुन् ।  

प्रस्तुती: मधु शाही 

साभार: कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: