महिलालाई व्यवसायी बनाउँदै स्मार्ट समूह


प्रकाशित मिति :2017-02-22 14:11:07

अप्रिल अधिकारी

रामेछाप । जिल्लामा अहिले व्यवसायी महिलाको स्मार्ट समूह बेरोजगार महिलालाई तालिम दिएर रोजगार बनाउन सक्रिय छ । सात सदस्यीय सो समूहले घरेलु तथा साना उद्योग विकास समिति रामेछापसँगको समन्वयमा १० महिलालाई एक महिने होजियारी तालिम समेत संचालन गरिसकेको छ ।

नेपालमा जन्मिएर अमेरिकामा बस्दै आउनुभएका सपना पाठकले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्छ भन्दै स्थानीय महिलालाई संगठित बनाउनुभएको थियो । केहि समयअघि जिल्लास्थित तामाकोशी सहकारी अस्पतालमा आइपुग्नुभएका पाठकलाई त्यतिबेलादेखि नै स्थानीय महिला र किशोरीहरुलाई आत्मनिर्भर बनाउन काम गर्नुपर्छ भन्ने सोच पलाएको थियो ।

‘महिला आत्मनिर्भर र स्मार्ट हुनुपर्छ भन्ने मेरो मान्यता हो, यसको लागि महिलालाई सीप सिकाउने तालिम दिनु आवश्यक छ’, उहाँले भन्नुभयो ।

पाठकले सुरुमा स्थानीय महिला र किशोरीहरुलाई जम्मा गरेर हातमा लगाउने बाला बनाउने तालिम दिनुभयो । तालिम पश्चात उहाँले सामाग्री दिएर बाला बनाउन महिलालाई प्रोत्साहन गर्नुभयो । स्थानीय महिलाले बनाएका बाला खरिद गरेर अमेरिकामा समेत उहाँले बिक्री गर्नुभयो । ‘यहाँबाट मैले एउटा बाला २५० रुपैयाँमा खरिद गरेँ, अमेरिकामा त्यसलाई मन पराएर १० डलरसम्म तिरेर मानिसहरुले लगे’, पाठकले भन्नुभयो ।

महिलालाई आत्मनिर्भर बनाउने उहाँको अभियानलाई स्थानीय महिलाले पनि साथ दिएपछि सात सदस्यीय स्र्माट समूह गठन भएको थियो ।

समूहबाट स्वीटर बनाउने तालिम लिनुभएका गोठगाउँ गाविसका सृजना कार्कीले स्वीटर बनाएर पनि स्वरोजगार हुन सक्ने जाँगर पलाएको बताउनुभयो । तालिम पश्चात सबै सामग्री जुट्दा करिव एक घण्टामा एउटा स्वीटर तयार गर्न सकिने उहाँको भनाइ छ ।
‘हामी सक्षम भइसकेका छैनौं तर, सानै समूहमा भएपनि केही गरांै भन्ने सोचका साथ काम गरिरहेका छौं’, समूहका अध्यक्ष लक्ष्मी थापाले बताउनुभयो । उहाँका अनुसार सानै भएपनि महिलामा परिवर्तन आएमा पनि समुहका लागि ठूलै उपलब्धी हुनेछ । उहाँले आधारभूत होजियारी तालिम लिएका १० मध्ये उत्कृष्ट पाँच जनालाई समूहले थप तालिम दिने तयारी गरिरहेको जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्यौलमा समाजिक सुरक्षा कार्यक्रम

-महिला खबर- ललितपुर । तीन तहका सरकारबीच सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनको स्पष्ट कानून नहुँदा सरकारले सञ्चालन

नियमावली नहुँदा रोकियो एकल महिला सुरक्षा कोष

–महिला खबर– गएको साउनयता महिला बालबालिका कार्यालय स्थानीय तह मातहतमा गएपछि कोष सञ्चालनमा अन्यौलता आएको

किन बढ्दैछ यौन हिंसा ?

–विष्णुप्रसाद पोखरेल– झापा जिल्लामा अघिल्लो वर्षको तुलनामा महिलामाथि हुने याैन हिंसाको घटना बढेको पाइएको छ ।

महिला खेलाडीलाई सम्मान

–महिला खबर– कर्णाली प्रदेश प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड भलिबल प्रतियोगितामा प्रथम भएको कालिकोट महिला टोलीलाई

पत्रकार महासंघको अध्यक्ष बन्न महिला तयार छन् – अध्यक्ष पण्डित

–महिला खबर– सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले नेपाल पत्रकार महासंघलाई समावेशी बनाएर लैजानुपर्ने बताएकी छिन् ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: