पत्रकार अनिता भण्डारी पुरस्कृत


प्रकाशित मिति :2016-02-19 16:56:04

नन्दा थापा
काठमाडौं। राष्ट्रिय समाचार समितिको ५५ औं वार्षिकेत्सवमा काँकडभिट्टा झापाकी पत्रकार अनिता भण्डारी सम्मानित हुनुभएको छ। “हलो जोत्ने पौरखी महिलाको गाउँ खैरेनी” विषयक आलेख समाचारका कारण उहाँ सम्मानित हुनु भएको हो। काठमाडौंमा शुक्रवार आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका २२ जना पत्रकार तथा कर्मचारी मध्ये एकजना महिला पत्रकारलाईमात्र पुरस्कृत गरिएको हो ।

लोकतन्त्रपोष्ट अनलाइनका सम्पादक भण्डारी योलगायत ३ पटक राससबाट सम्मानित भईसक्नुभएको छ। उहाँले पत्रकार महिलाको महिला सञ्चार माध्ययम बाहेक अन्य सञ्चार माध्याममा मुल्याङ्कन कमै भएका कारण आफू एक जनामात्र सम्मानित भएको प्रतिक्रिया दिनुभयो। मोफसल पत्रकारितामा महिलालाई काम गर्न निकै चूनौति भएका कारण पनि महिला पत्रकार सम्मानमा कम परेको भण्डारीको भनाई छ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले महिला पत्रकार एक पटक काम गरेपनि सञ्चार माध्याममा टिक्न नसक्ने भएका कारण सम्मानमा कम परेका बताउनु भएको छ। राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्यले प्रतिस्पर्धाको जागिर पत्रकारिता भएकोले महिलाले प्रतिस्पर्धामा चासो नै राखेका बताउनुभयो । उहाँले जुनसुकै क्षेत्रमा पुरुषसरह प्रतिस्पर्धामा पुग्नुपर्ने बताउनुभयो।

महाप्रबन्धक आचार्यले काम गर्ने महिला कम भएकाले सम्मान पनि कम परको बताउनु भयो । उहाँका अनुसार राससको ५५ वर्षे इतिहासमा दिर्घ सेवा पुरस्कारबाट २ जना महिलामात्र सम्मानित भएका छन्। अघिल्लो वर्ष उहाँ आफैँ दिर्घ सेवा पुरस्कारबाट सम्मानित हुनभएको थियो। दिर्घ सेवा पुरस्कार पाउन राससमा २० वर्ष काम गरेको हुनुपर्ने उहाँको भनाई छ।

प्रकाशित मितिः २०७२ फागुन ७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: