घरेलु उद्योगले आत्मनिर्भर बन्न सिकायो


प्रकाशित मिति :2016-02-18 15:26:56

नन्दा थापा
काठमाडौं । काठमाडौंकी सानु बस्नेतले श्रृंगारका सामग्री हातबाटै बनाएर बेच्न लागेको २७ वर्ष भयो । उनी भन्छिन्, महिलालाई मात्र मेरो सीप सिकाउँदै आएकी छु ।  ६० जना महिलालाई दक्ष बनाई सकेकी छु । उनले  अहिलेसम्म करिब ७ हजार महिलालाई  आफ्नो सीप सिकाईसकेकी छन् । सानुले हातबाटै साडी, जडी, क्रिस्टल, चुरापोते, गरगहनालगायतका सामग्री उत्पादन गर्दै आएकी छन् ।  अहिले उनको भक्तपुरमा आफ्नै  शुभलक्ष्मी हस्तकला तालिम केन्द्र सञ्चालनमा छ ।

udhyami1मंगलबारबाट काठमाडौंमा सुरु भएको २७ औं राष्ट्रिय औद्योगिक तथा वस्तु प्रदर्शनीमा सानुले हातबाट बनाएका श्रृंगारका सामग्री राखेकी छन् । उनका अनुसार जाँगर भए जस्ले जे गर्दा पनि हुन्छ । भन्छिन् ‘नसकिने र हुँदैन भन्ने चिज संसारमा केही पनि छैन, गर्न सक्नुपर्‍यो र व्यावसायिक बन्न सक्नु पर्‍यो ।’ श्रृंगारका सामग्री बेचेरै  उनले मासिक ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन् ।

शुल्क लिएर मात्रै होर्ईन हिंसा पीडित, अपाङ्ग निम्न आय भएका महिलालाई निःशुल्क  तालिम पनि उनले दिन्छिन् । उनी भन्छिन्, महिलाको आकर्षक व्यवसाय श्रृंगारका सामग्री बनाउनु हो,  यस्ता सामग्रीले अवसर अनुसार अरुले भन्दा धेरै बजार पाउँछ ।

उनीले अहिले २५ जना महिलालाई काम दिएकी छन् । ‘कर्र्मचारीलाई पनि मजदुरले पाउनुपर्ने पारिश्रमिक दिएकै छु’, उनले भनिन् । सिलाई कटाईबाट सुरु भएको उनको यो व्यवसायले घरपरिवारलाई  सुखी र खुसी बनाएको छ ।

काठमाडौं कै ५३ वर्षीया मिना मानन्धरले पनि व्यवसाय सुरु गरेको २ वर्ष भयो । उनले विनायक सरस्वती हस्तकला उद्योग सञ्चालन गरेर बिभिन्न श्रृंगारका सामग्री उत्पादन गर्दै आएकी छन् ।  उनले ३ सय जनालाई तालिम दिसकेकी छन् । उनी भन्छिन्, जो सिकेर जान्छन् उनीहरूले  अरुलाई पनि सिकाउन सकून आफ्नो लक्ष्य रहेको छ ।’

तीन छोरा र तीन छोरी पढाउने श्रोत नै आफ्नो हस्तकला उद्योग बनेको मानन्धर बताउँछिन् । उनले हातबाट बनाएका श्रृंगारका  सामग्री प्रदर्शनीमा देख्न सकिन्छ ।

सिकाईले आत्मनिर्भर बनाउने मानन्धर बताउँछिन् ।  सिक्नका लागि सवैभन्दा पहिला आफू जागरुक हुनुपर्ने उनको भनाइ छ । सिक्न आउन  रित्तो हात नफर्कुन भनेर  मानन्धरले निःशुल्क तालिम पनि  दिने गर्छिन् ।

‘तर, निःशुल्क भए दिगो हुँदैन । सिक्नेले जाँगर देखाउँदैन । दक्ष जनशक्ति उत्पादन हुँदैन । त्यसैले एक जना बराबर एक हजार रुपैयाँ शुल्क लिने गरेकी छु’ उनी भन्छिन् ।
64904de2-ecea-4b80-8698-9836f20623b8महिलालाई पैसा तिरेकी छु भन्ने हुन्छ र सिक्नलाई निकै चाँसो देखाएको मानन्धरको अनुभव छ ।

त्यस्तै हिमालयन एभरग्रीन क्रप्ट सितापाईलाकी ४५ वर्षीया पदमा श्रेष्ठले पनि सानु बस्नेत र मिना मानन्धरले जस्तै हस्तकलाका सामग्री उत्पादन गरि आफ्नो विनस्तर उकासेकी छन् । उनी भन्छिन्, रहरको पेशा भएपनि यो मेरो जागीर नै हो ।

‘विहे भया,े छोरा जन्मियो र जागिरलाई निरन्तरता दिन सकिनँ’ उनले भनिन् । छोरा ठुलो भएपछि फुर्सद भयो र यो काम सिकेर यहाँसम्म आएको श्रेष्ठको भनाई छ । श्रेष्ठले चुरा, पोते, गरगहना बताउँछिन् र अरुलाई पनि तालिम दिन्छन् । अहिले उनले ५ जनालाई रोजगारी दिएकी छन् । उनले यो व्यवसायबाट मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।

कच्चा पदार्थ देश बाहिरबाटै ल्याएर भएपनि आत्मनिर्भर बन्न  ललितपुरकी सलिना लुईंटेलले ६ वर्ष अगाडी सितास्मा मैन उद्योग सुरु गरिन् । तर, मैन बनाउने काममा महिलाले चासो नदेखाएको सलिनाको गुनासो छ । उनी भन्छिन्, महिला सिक्न आउछन्, तर यसलाई निरन्तरता दिँदैनन् । मैन बत्ती बनाउने काममा खासै आम्दानी नभएपनि  आफू चाही आत्मनिर्भर भएको उनले बताइन् ।

अहिले दैनिक १ हजार रुपैयाँ कम्तीमा आम्दानी भईरहने उनको भनाइ छ  । होटल व्यवसाय गर्नेहरूसँग बढी कारोबार भएको सलिना बताउँछिन् । सलिनाले काठमाडौंमा जारी प्रदर्शनीमा आफूले उत्पादन गरेका मैनलाई प्रदर्शनीमा राखेकी छन् ।
udhyami

मंगलबारबाट काठमाडौंमा सुरु भएको प्रदर्शनीमा २६५ उद्यमी सहभागी छन् ।  प्रदर्शनीमा २४४ स्टल रहेको घरेलु तथा साना उद्योग विकास समितिका उपकार्यकारी निर्देशक राजेन्द्र मिश्रले जानकारी दिनुभयो । उपकार्यकारी निर्देशक मिश्रका अनुसार घरेलु काममा महिला बढी सक्रिय हुने भएकाले प्रदर्शनीमा ६५ प्रतिशत स्टल महिलाकै रहेका छन् ।

महिलाले ऊनी, बाँस, धागो, खाद्य वस्तु, आर्गानिक चिया, कफी, हाते कागज र पोतेबाट बनाएका वस्तु प्रदर्शनीमा बढी रहेको उहाँले बताउनु भएको छ । महिलाले व्यावसायिक र फुर्सदको समयमा उत्पादन गरेका घरेलु वस्तु प्रदर्शनी राखिएको उहाँको भनाइ छ ।  “गौरव गराैं|, स्वदेशी वस्तु प्रयोग गरौं” भन्ने नाराका साथ सुरु भएको प्रदर्शनी ९ गतेसम्म चल्ने छ  ।

प्रकाशित मिति :२०७२ फागुन ६ गते विहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: