म्यानमारमा सुकीको दललाई बहुमत


प्रकाशित मिति :2015-11-11 12:50:10

महिला खबर

एजेन्सी, कात्तिक २५ । म्यानमारमा प्रमुख विपक्षी दलकी नेता आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्रेसीले  अत्यधिक बहुमत पाएको  छ ।

गएको आइतबार म्यानमारमा भएको आम निर्वाचनमा म्यानमारको प्रमुख विपक्षी दल  NLD ले अत्यधिक बहुमत पाएको को छ । सुकीको दलले राजनीतिक दललाई प्रतिष्पर्धाका लागि छुट्याइएको संसद सिटमा ९० प्रतिशत स्थान हासिल गरेको एएफपीले जनाएको छ ।

म्यानमारको संसदका माथिल्लो र तल्लो सदनका लागि भएका ती निर्वाचनका सम्पूर्ण मतगणनाको पूर्ण विवरण त सार्वजनिक भइसकेको छैन तरपनि आवश्यक मतभन्दा बढी नै उहाँको दलले हात पारेको बताइएको छ भने सुकिपनि विजयी हुनुभएको छ ।

म्यानमारको कवामु क्षेत्रबाट उहाँ निर्वाचन उठ्नुभएको थियो ।  एएफपीका अनुसार उहाँले ५४ हजार ६७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । थोरै मतमात्र गणना गर्न बाँकी रहदासम्म उहाँको दलले स्पष्ट बहुमत हासिल गर्ने स्पष्ट देखिएको छ । सुकीले सैनिक शासनको नजरबन्दमा १५ वर्ष बिताउनुभएको छ । उहाँ गएको सन् २०१२ पछि स्वतन्त्र भई निर्वाचनमा सहभागी हुनुभएको हो ।

 म्यानमारको आमनिर्वाचनमा करिब एक चौथाई स्थान त्यहाँको सैनिकसम्बद्ध दललाई छुट्याइएको हुन्छ ।

प्रकाशित मितिः २०७२ कात्तिक २५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार मुद्दामा महरालाई सफाइ

–महिला खबर– ललितपुर । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ

स्वस्थानीको पाना च्यात्ने कि छाउगोठ भत्काउने ?

–विमल नेपाल– ब्रत बसेर पुरुष पाइन्छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको छ, स्वस्थानी कथाले ।

प्रदेशकै नमूना न्यायिक समिति बनाउने धोको

-रनी विवश- सिंहले न्यायिक समितिलाई सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट समिति बनाउने गरि आफूले कामकाज गरेको बताइन् ।

महिलालाई अलमल्याएर अर्धबेरोजगार बनाउन बन्द गर्नुपर्छ– मन्त्री गुरुङ

महिलालाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ’ गुरुङले भने, ‘अबको युग भनेको महिला उद्यमीहरूको युग हो

एक हजार डलरको इञ्जा पुरस्कार ढुंगाना र सिंहलाई

ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ शिर्षकको आलेखले उक्त पुरस्कार जितेको हो ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: