विशेष सम्पादकीयःइतिहास निमार्णको अवसर


प्रकाशित मिति :2015-10-27 15:40:43

एउटी महिला राष्ट्र प्रमुख हुनु मुलुकका आधाभन्दा बढी सँख्यामा रहेका महिलाका लागि सुखद कुरा हुँदै हो, सँगै पितृसत्तात्मक साेचमा जकडिएको नेपाली समाजले विश्वसामु गौरव गर्ने अवसर पनि हो।

महिला खबर

 नयाँ संविधानको निर्माण सँगै नेपालका महत्वपुर्ण पदहरूमा नेतृत्व परिवर्तन हुनेक्रम जारी छ। गएको हप्ता सभामुखको चयन भयो। नेपालको इतिहासमै पहिलो पटक महिला सभामुख हामीले पाएका छौ। यही ईच्छाशक्ति कायम रहेमा भोली बुधवार हुने राष्ट्राध्यक्षको निर्वाचनले पनि एउटा इतिहास निमार्ण गर्नेछ।

नेपालको इतिहासमा पहिलो पल्ट एउटी महिला राष्ट्रपति पदमा पुग्ने विश्वासिला आधारहरु देखिएका छन्। राष्ट्रपति पदको निर्वाचनमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ। नेकपा (एमाले) बाट बिद्या भण्डारी, नेपाली काग्रेंसबाट कुलबहादुर गुरुङ र नेमकिपाका नारायण महर्जन प्रतिस्पर्धामा छन्।

राष्ट्राध्यक्षमा महिलाको नाम आउनु एकमदै सकारात्मक कुरा हो। एउटी महिला देशको सबैभन्दा माथिल्लो पदमा पुग्नु मुलुकका आधाभन्दा बढी सख्याँमा रहेका महिलाका लागि सुखद कुरा हुँदै हो, सँगै नेपाली समाजले विश्वसामु गौरव गर्ने अवसर पनि हो।

इतिहास रच्दै नेपालको संसदमा निर्वाचित सभामुख ओनसरी घर्ती १० वर्षे माओवादी विद्रोहले जन्माएकी होनहार नेता हनुनहुन्छ। राष्ट्रपतिका लागि उम्मेदवारी दिनुभएकी विद्या भण्डारी पनि पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय नेता हुनुहुन्छ।

मुलुकका महत्वपूर्ण पदमा महिला पुग्दा बाँकी महिलाको अवस्थामा परिवर्तन आउने अपेक्षा गर्न सकिन्न। तर, ठुला र निर्णायक पदहरूमा महिलाको नाम आउनु नेपाल जस्तो समाजिक संरचना रहेको मुलुकका निम्ति आफैमा एउटा सुखद मामिला हो। यसले पित्तृसत्तात्मक मुल्य मान्यता, सोच र सामाजिक संरचनामा मनोवैज्ञानिक परिवर्तनका लागि दबाब सिर्जना गर्ने अपेक्षा राख्न सकिन्छ। कम्तिमा ती पदका लागि महिलाको योग्यता, क्षमता र उपस्थितीलाई स्वीकार गरियो, यो चानचुने उपलब्धि होइन।

राज्यका हरेक संरचनामा र निर्णायक तहमा महिलाको एकतिहाई सहभागिता सुनिश्चित गर्न महिलाले गरेको लामो संघर्षले केही मात्रामा सफलता पाएको अनुभूत यसबाट भएको छ। तर अझैपनि मन्त्री परिषदलगायत अन्य संवैधानिक, कुटनीतिक तहमा महिलाको नाम यसरी नै आएमा साँच्चै नै नेपाल विश्व सामु महिला सहभागिताको नमुनाका रुपमा चिनिन पाउने छ।

महिलाको क्षमता नहेरी उनीहरूलाई असक्षम घोषणा गर्ने परम्परागत मान्यताका पर्खाल भत्काउन यसले मद्दत पुर्‍याउने छ। यसका लागि अहिले अभ्यास हुँदै आएको शक्ति संरचना र यसका खेलाडीले केही त्याग गर्नैपर्छ। त्यसको सुरुआत भएको अनुभव आम महिलाले गरेका छन् र यो सुरुवात कुनै व्यक्ति त्यो ठाउँमा हुँदा भएको वा राजनीतिक खिचातानी र वार्गेनिङको परिणाम स्वरुप पाएको भन्दापनि कानुनत संस्थागत हुन आवश्यक छ। यसो भएमा भविष्यमा यसले निरन्तरता पाउने छ।

हामी चाहन्छौ सभामुखमा महिलालाई जिताउनका लागि सवै दल जसरी एकजुट भएका थिए त्यसरी नै राष्ट्रपति पदमा महिला पुर्‍याउन पनि उनीहरूको सक्रियता आवश्यक छ। सभामुख पदका लागि नेपाली कागे्रंसले उम्मेदवारी दिएन र नेमकिपाले अन्तिममा फिर्ता लिएर ओनसरी घर्तीमगरलाई सभामुखमा आउन सघाएका थिए। भोली हुने राष्ट्रपतिको निर्वाचनमा पनि यी दुबै पार्टीले नेपालको इतिहास रच्न सघाउनेछन् भन्ने विश्वास नेपाली महिलाले गरेका छन्।

प्रकाशित मितिः २०७२ कात्तिक १० गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: