प्लेब्वाइले अब महिलाको नाङ्गाे तस्बिर नछाप्ने


प्रकाशित मिति :2015-10-14 16:23:22

महिला खबर

एजेन्सी, असोज २७ । अमेरीकाबाट प्रकाशित हुने  प्लेब्वाइले अबदेखि महिलाको नाङ्गाे तस्बिरहरू नछाप्ने भएको छ ।

प्लेब्वाइका प्रधान सम्पादक हुग हेफनर  र म्यागजिनका सम्पादक बिच भएको बैठकले उक्त निर्णय गरेको कुरा  द न्यू योेर्क टाइम्समा छापिएकाे थियाे ।

रभि सोमइया ( द टाइम्स) का अनुसार प्लेब्वाइको उद्देश्य महिलाको प्राकृतिक रुप प्रस्तुत गरी महिलाको शरीरलाई साधारण बनाउनु हो र प्ले ब्वाइ आफ्नो उद्देश्य सफलताका साथ पुरा गरेको छ ।

प्ले ब्वाइका सीईओ स्कट फ्लेन्डर भन्छन् ‘इन्टरनेटले महिलाका न्यूड फोटोहरूलाई सनसनी बनाएको छ र प्ले ब्वाइले यसलाई बस्तुको रुपमा प्रयोग हुन दिन सक्दैन ।’ मिडिया अडिटका अनुसार १९७५ मा प्ले ब्वाइ म्यागजिन ५५ लाख प्रति खपत भएको थियो र अहिले उक्त संख्या ८ लाखमा झरेको छ ।

प्रकाशित मिति : २०७२ असोज २७ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार मुद्दामा महरालाई सफाइ

–महिला खबर– ललितपुर । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ

स्वस्थानीको पाना च्यात्ने कि छाउगोठ भत्काउने ?

–विमल नेपाल– ब्रत बसेर पुरुष पाइन्छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको छ, स्वस्थानी कथाले ।

प्रदेशकै नमूना न्यायिक समिति बनाउने धोको

-रनी विवश- सिंहले न्यायिक समितिलाई सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट समिति बनाउने गरि आफूले कामकाज गरेको बताइन् ।

महिलालाई अलमल्याएर अर्धबेरोजगार बनाउन बन्द गर्नुपर्छ– मन्त्री गुरुङ

महिलालाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ’ गुरुङले भने, ‘अबको युग भनेको महिला उद्यमीहरूको युग हो

एक हजार डलरको इञ्जा पुरस्कार ढुंगाना र सिंहलाई

ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ शिर्षकको आलेखले उक्त पुरस्कार जितेको हो ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: