बालिकामैत्री समाज निर्माणका लागि काठमाडौं घोषणा पत्र जारी


प्रकाशित मिति :2015-10-13 14:13:13

महिला खबर

काठमाडौं, असोज २६ । बालिकामैत्री समाज निर्माणको परिकल्पना गर्दै ग्रामिण महिला सञ्जाल नेपालले आठ बुँदे काठमाडौं बालिका घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौंमा भएको प्रथम बालिका सम्मेलनले नेतृत्व विकास, स्वास्थ्य र सुरक्षा , बालिका बेचविखन विरुद्ध, आयआर्जन तथा सीप विकास, बालिका हिंसा, गुरस्तरिय शिक्षा लगायतका विषयमा केन्द्रित रहेर सम्मेलनले यो घोषणा पत्र तयार गरेको रुओनका महासचिव ध्रुव प्रसाद घिमिरेले बताउनुभयो ।

जारी घोषणा पत्रमा भनिएको छ ‘लिङ्गका आधारमा परम्परागत रूपमा नेपाली समाजले अवलम्वन गर्दै आएको संस्कार, आचरण र अभ्यासले बालबालिकाप्रति गरिएको विभेद पहिचान गर्दै लैगिंक दृष्टिले न्यायपूर्ण समाजको स्थापनाका लागि नेपाली बालिकाहरूको भूमिका अपरिहार्य रहेको स्वीकार गर्दै लैगिंक समानताका लागि सचेत मनस्थितिका साथ आफू र आफ्नो घर–परिवारबाट सुधार ल्याउन आजैबाट लाग्न, र अरूलाई प्रोत्साहित गर्न आवश्यक रहेको ठहर गर्दछाै‌ ।’

Delegets photo

नेपालमा देखा परेको लैगिंक हिंसा अन्त्यका लागि आफूसम्बद्ध सामुदायिक, समिति तथा संस्थामा विभेदमुक्त संरचना, संगठन तथा वातावरण तयार पार्न आ–आफ्नो क्षेत्रबाट सक्रिय रहने प्रतिवद्धता रुओन नेपालले जारी गरेको घोषणा पत्रमा छ । लैगिंक हिंसा अन्त्यका लागि व्यक्तिस्वयं, परिवार, सरकारी तथा गैरसरकारी संस्था र धार्मिक संघ संस्थाहरूमा बालिका तथा महिला सहभागी गराउन रणनीतिक योजना तथा कार्य निर्देशिका तयार गरी लागु गर्ने र गराउने योजना रुओनको रहेको छ ।

शैक्षिक संस्थाहरू विद्यालयदेखि विश्वविद्यालयसम्म बालिकामैत्री शिक्षा एवं छोराछोरीका विचको विभेद अन्त्यका लागि परिवार, नेतृत्व र राज्य संयन्त्रलाई समान रूपमा उत्तरदायी बनाउन उत्प्रेरित गर्ने बालिका काठमाडौं घोषणा पत्रको उदेश्य रहेको छ । नेपाललाई बालिका हिंसामुक्त बनाउन देशव्यापी सचेतना अभियान सञ्चालन गरी सबै वर्ग र समुदायका महिला, पुरुष, तेश्रो लिंगीहरूका लागि नागरिक शिक्षा अभियान संचालन गर्ने कुरा घोषणा पत्रले बोलेको छ ।

महिला, पुरुष र यौनिक तथा लैगिंक अल्पसंख्यकबीचको विभेदलाई अन्त्य गर्न सकारात्मक विभेदको अवधारणा अंगीकार गर्दै लैंगिक सचेतनाका साथ समानताका लागि अभियान चलाउने बालिका घोषणा पत्रमा उल्लेख गरीएको छ ।

प्रकाशित मिति २०७२ असोज २६ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

बालबालिकाहरु यसरी सृजनशील हुँदै

पकली माविको वालक्वलले विद्यालयमा खाजामा जंक फुड ल्याउन निषेध गरेका छन् ।

गण्डकी प्रदेश भगवती न्यौपाने विजयी

-महिला खबर- पोखरा । राष्ट्रिय सभा गण्डकी प्रदेशको महिला पदमा (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकी भगवती

प्रदेश–२ मा नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी

ललितपुर । राष्ट्रिय सभाको प्रदेश–२ को महिलातर्फ नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी भएकी छन् ।

छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका छत्रलाई ४५ दिन कैद फैसला

रावतलाई भेदभाव तथा अन्य अपमानजनक व्यवहार शिर्षकमा गएको पुस १३ गते अभियन्ता पशुपती कुँवर लगायतले

बलविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता

तुलसीपुर । दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: