प्याप स्मेयर सेवा निःशुल्क गर्ने सरकारको निर्णय


प्रकाशित मिति :2015-10-09 15:37:40

महिला खबर
ललितपुर, असोज २२। महिलाको पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउने परिक्षण प्याप स्मेयर सेवा देशभरी निःशुल्क गर्ने निर्णय सरकारले गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले देशभरीका सरकारी अस्पतालमा यो सेवा निःशुल्क गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो।

महिलाको पाठेघरको मुखमा क्यान्सर भएको छ की छैन भनेर पत्ता लगाउन पाठेघरको मुखको पानीको परीक्षण गर्ने प्रविधीलाई प्याप स्मेयर भनिन्छ। तर, नेपाल परिवार स्वास्थ्य महाशाखाले एसटीक एसिड प्रयोग गरेर तत्कालै पाठेघरको मुखको क्यान्सर थाहा पाउन सकिने प्रविधि प्रयोग गर्दै आएको जनाएको छ।

प्याप स्मेयर गर्दा चिकित्सकले पाठेघरको मुखको पानी निकाली ल्याव परिक्षणपछिमात्रै थाहा पाउन सकिने लामो र झण्झटिलो भएपनि एसटीक एसिड परिक्षण प्रविधि सजिलो र छिटो भएको परिवार स्वास्थ्य महाशाखा अर्न्तगत सुरक्षित मातृत्व कार्यक्रमकी डाक्टर शिलु अर्यालले बताउनुभयो।

उहाँका अनुसार सन् २०१० मा एसटीक एसिड प्रविधिबाट पाठेघरको मुखको क्यान्सर जाँच्ने विधि सम्बन्धि निर्देशिका ल्याई अहिले ३५ वटा जिल्लामा यो कार्यान्वयन भइरहेको छ। यसको परिक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीले पनि गर्न सक्ने उहाँको भनाइ छ।

प्रकाशित मितिः २०७२ असोज २२ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: