मैत्रीपूर्ण खेलको उपाधि अधिकारकर्मीको कब्जामा


प्रकाशित मिति :2015-09-29 11:15:52

सृजना अर्याल

असोज, चितवन  १२। कालिका एफएम प्रालिले आफ्नो १३ औं बाार्षिकोत्सवको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटवल प्रतियोगिताको उपाधि महिला अधिकारकर्मीकाे टाेलीले जितेकाे छ ।

पेनाल्टी सुट आउटमा २ शुन्य गोल अन्तरले टेलिभिजनमा कार्यरत पत्रकार महिला पराजित भएका हुन । प्रथम हुने टोलीले १० हजार रुपैयाँ र द्वितीयले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
पुरस्कार कालिका एफएमको बार्षिकोत्सवको अवसरमा आयोजित कालिका म्युजिक अर्वाड समारोहमा प्रदान गरिनेछ । महिला अधिकारकर्मीका लागि सविता लामा र कलावति पौडेलले गोल गरेका थिए ।

IMG_4265

प्रतियोगितामा टेलिभिजन पत्रकार टोलीका सर्वाधिक गोलकर्ता पुनम गौतम, महिला अधिकारकर्मी सविता लामा वेस्ट डिफेन्डको पुरस्कार जित्न सफल भएका छन् ।
एन्फाका अरुणा गुरुङ प्रमुख रेफ्री रहनुभएको प्रतियोगितामा प्रकाश भुजेल, धु्रव भुसाल र सञ्जय कार्की पनि हुनुहुन्थ्यो ।

मध्यक्षेत्र प्रहरी तालिम केन्द्रको मैदानमा भएको पहिलो खेलमा व्यावसायि महिलालाई पराजित गर्दै महिला अधिकारकर्मीको टोली फाइनलमा प्रबेश गरेको हो भने रेडियोमा कार्यरत पत्रकार महिलालाई हराउँदै टेलिभिजनमा कार्यरत पत्रकार महिलाको टोली फाईनलमा पुगेको हो ।
कालिका एफएमकी स्टेशन म्यानेजर रिना गुरुङले खेल क्षेत्रमा महिला खेलाडीको प्रोत्साहनका लागि बार्षिकउत्सवमा महिला फुटवल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताको उद्घाटन रमेश खरेलले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७२ असोज १२ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: