नेपाली बालिकालाई बलात्कारको प्रयास गर्ने भारतीय नागरिक पक्राउ


प्रकाशित मिति :2015-09-25 09:46:48

महिला खबर
असोज, पोखरा ८ । आठ वर्षीय बालिकालाई बलात्कारको प्रयास गरेकोे आरोपमा भारतिय नागरिक जयकरण ठाकुरलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

असोज ५ गते सल्यान गाबिस बस्ने ३२ वर्षका भारत रक्सौल घर भएका अजय भन्ने जयकरण ठाकुरलाई बालिका बलात्कारको प्रयास गरेको भन्दै पक्राउ गरेको हो । कास्कीको नयाँ पुलमा डेरागरी बस्ने ती बालिकालाई बलात्कारको प्रयास गरेको भन्ने उजुरी परेपछि प्रहरीले ठाकुरलाई पक्राउ गरेका हो ।

बालिकालाई बिभिन्न प्रलोभन देखाइ बलात्कार प्रयास गरेको भनि पीडितका आफन्तले ०७२ असोज ६ गते कास्की प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा तत्कालै आरोपीतलाई गिरफ्तार गरी थप अनुसन्धान सुरू गरीएको प्रहरी निरीक्षक देबि प्रसाद पौडेलले जानकारी दिनुभयो ।  बालिकाको ०७२ असोज ६ गते पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरीएको थियो ।

प्रकाशित मिति २०७२ असोज ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: