महिला विकासको काम


प्रकाशित मिति :2015-09-02 13:26:53

प्रताप बानियाँ

म्याग्दी, भदौ १६ । गत १ वर्षको अवधिमा म्याग्दीमा महिला विकास कार्यक्रमबाट झण्डै १६ सय जना महिला लाभान्वित भएका छन् । गत आर्थिक वर्ष २०७१/७२ मा महिला विकास कार्यालय म्याग्दीद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरूबाट कुल १५ सय ९० जना लाभान्वित भएका हुन् ।

जिल्लाका ३० वटा महिला समूहमा सञ्चालित क्षमता विकास, लैङ्गिक सचेतना तथा पुनर्ताजगी अनुशिक्षणबाट मात्रै ९ सय जना महिला लाभान्वित भएका छन् ।

त्यसैगरी गरिबी विरुद्धको महिला अभियान कार्यक्रममार्फत १५०, ज्येष्ठ नागरिक तथा विद्यार्थीबीच अन्तरपुस्ता सिप हस्तान्तरणबाट १४०, आधारभूत तालिममार्फत ९०, महिला संस्था समिति बीच अन्तत्र्रिmयाबाट ६०, नेतृत्व तथा संस्थागत विकास एवं सीप तथा व्यावसायिकता विकासल गायतका तालिमहरूबाट गरी कुल १५ सय ९० जना महिला लाभान्वित भएको महिला तथा बालबालिका कार्यालय म्याग्दीले जनाएको छ ।

विद्यालय विमुख किशोरी कार्यक्रम, जीवनपयोगी सीप तथा मूल प्रवाहीकरण तालिम र अपाङ्ग संघ म्याग्दीको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम समेत सञ्चालन गरिएको महिला विकास अधिकृत निर्मला शर्माले बताउनुभयो ।

यसैगरी गतवर्ष घुम्ती शिविर आयोजना गर्नुका साथै १५ जना हिंसापीडित महिलालाई न्यायका लागि आवश्यक परामर्श समन्वय र सहजीकरण गरिएको छ भने हिंसापीडित, सुरक्षा तथा ज्येष्ठ नागरिक लगायतका कोषहरूको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

Program Participants (1)

कार्यालयबाट गतवर्ष १४ वटा सहकारीलाई एक एक लाखका दरले १४ लाख, सोही अवधिसम्म ४० जना हिंसा प्रभावितहरूलाई एक लाख ४१ हजार एक सय २०, विपद्मा परेका ७ बालबालिकालाई ३६ हजार र २ ओटा समितिलाई ४० हजार गरी कुल १६ लाख १७ हजार एक सय २० रुपैयाँ अनुदान उपलब्ध गराइएको अधिकृत शर्माको भनाईछ ।

कार्यालयमा गतवर्ष घरेलु, शारिरीक, मानसिक, बहुविवाह, आर्थिक, र विभिन्न यातनाका गरी १७ वटा महिला हिंसासम्बन्धी उजुरीका निवेदनहरू परेको सहायक महिला विकास निरीक्षक निशा केसीले बताउनुभयो ।

पछिल्लो समय ग्रामीण भेगमा सञ्चालित महिला विकास कार्यक्रमको प्रभाव तथा अन्य संघसंस्थाको कार्यक्रमले महिला हिंसा न्युनीकरणमा सहयोग पुगेको कार्यालयको दाबी छ ।

हालसम्म कार्यालयबाट कुल २८ सय ३९ ओटा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

अपाङ्गता परिचय पत्रमध्ये ‘क’ वर्गको १८१, ‘ख’ वर्गको ९२२, ‘ग’ वर्गको ७९१ र ‘घ’ वर्गको आधारका ८३२ वटा परिचयपत्र रहेका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालयबाट यसअघि वर्ग नछुट्टिएको ११३ वटा परिचयपत्र वितरण भैसकेको छ ।
परिचयपत्र लिनेमा पुरुष १५ सय ६८ र महिला ११ सय ६१ जना रहेको सहायक महिला विकास निरीक्षक केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ भदौ १६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: