मानव बेचविखनविरुद्ध सप्ताहव्यापी अभियान सुरु


प्रकाशित मिति :2015-09-01 10:57:03

सिर्जना अर्याल

चितवन, भदौ १५ । नवौं मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण दिवसको सप्ताह व्यापी कार्यक्रम सोमवारदेखि चितवनमा सुरु भएको छ । अभियानको संयोजन अन्तर पार्टी महिला सञ्जाल चितवनले गरेको छ ।

चितवनका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, संगठन र राजनीतिक पार्टीका प्रतिनिधिहरूले द्वीप प्रज्वलन गरि अभियानमा ऐक्यवद्धता जनाएका थिए ।

manab5

सबै मिली गरौ बिपद्को सामना मानव बेचबिखनको अन्त्य हाम्रो ईच्छा र चाहना भन्ने नाराका साथ अभियान सुरु भएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत १५ र १६ गते पिपुल फोरम नामक संस्थाले शक्तिखोरका बिभिन्न गा.बि.स मा सुरक्षित बैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण गर्दैछ ।

यसैगरी १७ गते माडी नगरपालिकामा सचेतना कार्यक्रम, १८ गते के आई नेपालद्वारा मानव वेचबिखनविरुद्ध सचेतनामुलक गीत प्रतियोगिता, १९ गते महिला पत्रकार सञ्जालले मानव वेचविखनविरुद्धकोे बहस कार्यक्रम र २० गते आदर्श नारी विकास केन्द्र भरतपुरको आयोजनामा -याली निकाल्ने र कोणसभा गरी साप्ताहिक कार्यक्रमको समिक्षा सहित समापन गर्ने आयोजकले बताएका छन् ।

प्रकाशित मितिः २०७२ भदौ १५ मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: