विद्यालय जान नगरपालिकाले बसको व्यवस्था गर्ने


प्रकाशित मिति :2015-08-30 11:32:03

ज्ञानु पंगेनी

नवलपरासी, भदौ १३ । नवलपरासीको देवचुली नगरपालिकामा रहेका माझी मुसहर, बोटे समुदायका बालबालिकाका लागि नगरपालिकाले बसको व्यवस्था गर्ने भएको छ ।

देवचुली नगरपालिकाको १ र २ नम्बर वडामा बसोवास  गर्ने यो समुदायका अधिकाशं बालबालिका पढ्न जाने नव जागरण प्राथमिक विद्यालयसम्म पुग्नका लागि करिब ४५ मिनेटको पैदलयात्रा तय गर्नुपर्ने हुन्छ । जसले गर्दा बालबालिका विद्यालय जान नखोज्दा उनीहरू शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस भनेर बसको व्यवस्था गर्न लागेको देवचुली नगरपालिकाका कार्यकारी अधिकृत हरि प्रसाद चापागाईले बताउनुभयो । उहाँले नगरपालिकाको बालबालिका लक्षित कार्यक्रम अन्तरगत बसको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

सर्वदलीयबाट निर्णय भैसकेकोले प्रकृयाका लागि छलफल भैरहेको र केही समयभित्रमा नै  सो समुदायका बालबालिकालाई विद्यालय पुर्‍याउने र घरसम्म ल्याउने व्यवस्था गरिने उहाँको भनाइ छ । सूचना प्रकाशित गरि जसले सुलभ मुल्यमा बसको व्यवस्था गर्छ उसैलाई यो जिम्मेवारी दिने पनि उहाँले जानकारी दिनुभयो ।

मिति: २०७२ भदौ १३ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: