घरेलु हिंसाको उजुरी बढ्यो


घरेलुहि‌ंसा पीडित पुरुषकाे पनि उजुरी

प्रकाशित मिति :2015-08-28 12:28:40

महिला खबर
झापा, भदौ ११ । झापामा घरेलु हिंसाको घटनाको उजुरी गर्ने बढेको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ मा एक सय ३८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०६९/७० मा ६० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका थिए भने ०७०/७१ मा घटेर ४० मा झरेको थियो ।
गत आर्थिक वर्षमा २०७१/७२ मा उक्त सङ्ख्या बढेर एक सय ३८ पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरेलु हिंसाका कारणमा वैदेशिक रोजगार, अपरिपक्व प्रेम सम्बन्ध, गरिबी, बहुविवाह, व्यक्तिगत चरित्र, मादक पदार्थ सेवन, लाञ्छनालगायत रहेका छन् ।

गत वर्ष बहुविवाहसम्बन्धी २७ उजुरी दर्ता भएकामा २२ वटामा मुद्दा चलाएको र पाँचवटामा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरीनायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा पुरुष हिंसाका पाँचवटा निवेदनसमेत परेका छन् ।

प्रकाशित मितिः २०७२ भदाै ११ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: