सामूहिक बलात्कार गर्ने ८ जना जेल चलान


प्रकाशित मिति :2015-08-23 13:10:04

रमला सिंगक

admin-ajax

सुनसरी, भदौ ६ । अढाइ महिनाअघि एक किशोरीलाई सामूहिक बलात्कार गरेपछि पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुनसरी जिल्ला अदालतको फैसला अनुसार उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक सुदम कुमार सिजापतिले बताउनुभयो ।

अदालतको आदेश अनुसार जेल चलान हुनेहरूमा धरान उप–महानगरपालिका चौकीबारी बस्ने १८ वर्षीय प्रसिद्ध राई, भोटेपुल बस्ने १७ वर्षीय विनोद तामाङ र १८ वर्षीय सुजन तामाङ, १८ वर्षीय श्रीहाङ लिम्बु, २० वर्षीय हाँसे भन्ने कुशल परियार, बट्टाइ भन्ने किसन श्रेष्ठ, हाम्फे भन्ने मनिष तामाङ, भोजपुरको ठूलादुम्बा घरभई सुनसरीको भादगाउँ सिनवारी नगरपालिका डेरा गरी बस्ने १७ वर्षीय अन्जन राई रहेको सिजापतिले जानकारी दिनुभयो ।

१२ जनाको समूहमा आएका उनीहरूरूले धरान बस्ने १५ वर्षीया एक किशोरीलाई गत जेठ २५ गते राती विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिणमा पर्ने सानो जंगलमा सामूहिक बलात्कार गरेका थिए । सामूहिक बलात्कारको आरोप लागेका १२ जनामध्ये आठ जनामात्र पक्राउ परेका थिए । बाँकी चारजनाको खोजी भइरहेको सिजापतिले बताउनुभयो ।
सामुहिक बलात्कारमा परेको राती नै पीडित किशोरी र उनका आमाले इलाका प्रहरी कार्यालयमा जानकारी दिएर भोलिपल्ट लिखित किटानी जाहेरी दिएका थिए ।
घर नजिकैको रहेको प्रतिष्ठानको चौरमा आफ्ना दिदी र छिमेकी दाईसंग सामान्य गफ गर्दै बसी रहेको बेला दिदिले नजिकैको पसलमा खानेकुरा किन्न पठाएको मौकामा साँझ सात बजे १२ जनाको समुहमा आएका केटाहरूले किशोरीको मुख थुनि नजिकैको जंगलमा लगेर बलात्कार गरेको लिखित किटानी जाहेरी दिएको आधारमा अनुसन्धान तहकिकात गरी जवजस्ती करणी मुद्धा चलाएको थियो ।

प्रकाशित मिति २०७२ भदौ ६ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: