कैलालीमा १५ हजार भन्दा बढी महिला जग्गा मालिक


प्रकाशित मिति :2015-08-23 12:11:31

खेमा बस्नेत

धनगढी ६ भदौ । सम्पत्तिमा समान पहुँच पुर्याउन सरकारले राजस्व छुट दिने नीति लागु गरेपछि कैलालीमा महिला सम्पत्तिको मालिक बन्न थालेका छन् ।
नीति लागु हुनु अघि सम्पत्तिमा नगन्य पहुँच रहेकोमा राजस्व छुट दिने नीति लागु भएपछि सम्पत्तिमा महिलाको स्वामित्व एकाएक बढेको हो । सरकारले आर्थिक वर्ष २०६१/०६२ बाट महिलालाई छुट नीति लागू गरेको थियो । यो नीति अनुसार महिलालाई २५ प्रतिशत राजस्व छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी एकल महिलाको हकमा हिमालमा ५० प्रतिशत, पहाड र तराईमा ३५ प्रतिशत रकम छुट गरिने व्यवस्था छ ।
एकल महिलालाई राजस्व छुट भएपनि कैलालीमा भने कुनै पनि एकल महिलाको नाममा जमिन नभएको कैलाली जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयको तथ्याङक अनुसार ६ वर्षको अवधिमा १५ हजार बढी महिलाको जग्गामा स्वामित्व कायम भएको छ ।
कार्यालयका सुचना अधिकारी मनोहर श्रेष्ठले आर्थिक बर्ष २०६४/०६५ मा ग्रामिण र शहरी गरी १६ सय ३६ महिलाले जग्गा पास गराएका छन् । उनीहरुले यसबाट १६ लाख ८४ हजार २३ सय ३९ रुपैयाँ राजस्वमा छुट पाएका थिए ।

आर्थिक वर्ष २०६५/०६६ मा आएरअघिल्लो वर्षको तुलनामा महिलाको नाममा जमिनको कारोबारमा कमी आएको देखिन्छ । आर्थिक बर्ष २०६५/०६६ मा १ हजार ५८ महिलाले १२ लाख ८ सय ८७ रुपैयाँ छुट पाएका थिए ।
त्यसैगरी आर्थिक बर्ष २०६८/०६९ मा ४ हजार २ सय १९ महिलाले आफ्नो नाममा जमिन पास गरेका छन् । उनीहरूलाई मालपोत कार्यालयले करिब राजस्व ७९ लाख ६९ हजार ८ सय ३३ रुपैयाँ राजस्वमा छुट दिएको थियो ।

यसै गरी आर्थिक बर्ष २०६९/०७० मा आएर त्यो संख्यामा केही कमी आएको छ । सो आर्थिक वर्षमा २ हजार ९ सय ७४ महिलाले जग्गा पास गराएका थिए भने ४३ लाख २६ हजार २३ सय ८९ रुपैयाँ राजस्व छुट पाएका थिए ।
जिल्ला मालपोत कार्यालय कैलालीको जग्गाको कारोबारोको हिसाब हर्दा हरेक बर्ष महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा घटीबढी गएको छ ।

आर्थिक वर्ष २०६९/०७० मा घटेको संख्या आर्थिक वर्ष २०७०/०७१ मा आएर १ सय ६७ ले बढेर ३ हजार १ सय ४१ पुगेको छ । यस वर्ष महिलाले ७८ लाख ६५ हजार ५ सय ३६ राजस्व छुट पाएका छन् ।

त्यसैगरी आ.व.२०७१/७२ मा २ हजार ३७७ जनाले महिलाले जमिन आफ्नो नाममा गरेका छन् । सो वापत मालपोत कार्यालयलले १ करोड २६ लाख ३० हजार ५०९ राजस्व छुट दिएको छ । यस आर्थिक वर्षमा वृद्धा,दलित, अपाङगता भएका महिला पनि आफ्नो नाममा जमिन पास गरेका छन् ।

यस अघिसम्म पुरुषहरूको नाममा मात्रै सम्पत्ति दर्ता गराउँने चलन बढी देखिएको थियो । तर, महिलाहरुलाई सम्पत्तिको मालिक बनाउन राज्यले राजस्व छुट नीति ल्याएपछि महिलाको पहुँच बढ्न थालेकोे सुचना अधिकारी श्रेष्ठले बताउँछन् ।
‘आर्थिक कारोबारको नेतृत्व दिन नचाहने परिवारले पनि छुट नीतिको व्यवस्थापछि महिलाको नाममा जग्गा पास गराउन थालेका छन् ’ उनले भने ।

प्रकाशित मिति २०७२ भदौ ६ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: