मदिरा नियन्त्रणमा महिला


प्रकाशित मिति :2015-08-21 12:00:33

महिला खबर 

पर्वत, भाद्र ४ । पर्वत खानीगाँउ गाविसका महिला मदिरा नियन्त्रणमा जुटेका छन् । अनियन्त्रित रुपमा मदिरा बेचबिखन गर्ने तथा सेवन गर्दा महिलामाथिको हिंसा बढेको र सामाजिक विकृतिसमेत बढ्दै गएको भन्दै खानीगाँउ महिला सञ्जालले सो अभियान शुरु गरेको हो ।

भदौ १ गते देखि कुनै पनि व्यापारी तथा मदिरा उत्पादकले दैनिक रुपमा साँझ ५ देखि ७.३० बजेसम्म मात्र किनबेच गर्न पाउने र तोकिएको समयभन्दा अन्य समयमा सेवन र किनबेच गरेमा दण्डजरिवाना गर्ने व्यवस्था गरिएको सञ्जालकी अध्यक्ष केशाकुमारी परियारले बताउनु भयो ।

सो अनुसार पहिलो चरणमा सम्झाई बुझाई गरिने, दोस्रो चरणमा सय रुपैयाँ र तेस्रो चरणमा ५०० रुपैयाँ जरिवाना तोकिएको छ । ‘पटकपटकको प्रयास पनि अटेर गर्नेलाई कार्बाहीका लागि प्रहरीमा बुझाउँने परियारले भन्नुभयो ।’

मदिरा सेवनकै कारण समाजमा विभिन्न खाले हिंसात्मक घटना वृद्धिहुँदै जान थालेको र पारिवारिक कलहले बालबालिकाको शिक्षामा प्रभाव, आर्थिक नोक्सानी, स्वास्थ्यमा प्रतिकुल असर हुने भएकाले त्यसलाई रोक्ने अभियान सफल हुने अध्यक्ष परियारको विश्वास छ ।

प्रकाशित मिति २०७२ भदौ ४ शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: