लैङि्गकअनुकूल संविधानका लागि संशोधन प्रस्ताव ल्याउनुस :मस्यौदा समिति


संशोधन प्रस्ताव ल्याउने महिला सभासदको तयारी

प्रकाशित मिति :2015-08-20 18:19:02

महिला खबर
DSC_1154
काठमाडौं, भदौ ३ । संविधान सभा मस्यौदा समितिका सदस्य सभासद प्रकाश ज्वालाले संविधानको मस्यौदामा नागरिकता सम्बन्धी गरिएको व्यवस्था सच्याउन संशोधन प्रस्ताव ल्याउन सुझाव दिनुभएको छ । सञ्चारिका समूहले आज काठमाडौंमा आयोजना गरेको आमाको नाममा नागरिकता :अधिकार र चुनौती विषयक अन्र्तक्रियामा बोल्दै सभासद ज्वालाले ससच्याउनका लागि दबाब दिन अन्य बाटाहरू अझै बन्द नभएको औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘ विभेदित विषय सच्याउन विशेष समिति र मस्यौदा समितिमा दबाब दिने समय अझै बाँकी छ, त्यहाँ नभए संविधान सभामा पेश भएपछि यसको विधेयकमा संशोधान प्रस्ताव ल्याउनुस् ।’

उहाँले नागरिकतालगायत महिलाका बिषयमा संविधान धेरै प्रगतीशील भएको भन्दै यो विषयमा धेरै अल्मल्याउने खाल प्रावधानका कारण यस्तो विवाद आएको औंल्याउनुभयो ।

विदेशीले नागरिकता पाउने खालका छिद्र संविधानमा  नराखिकन कुनैपनि नेपाली नागरिक नागरिकता पाउनुबाट वन्चित हुनु नहुने धारणा राख्नुभयो । अङ्गीकृत नागरिकतामा विदेशी नागरिकलाई समान व्यवस्था हुनपर्ने उहाँको भनाइ थियो ।

अन्र्तक्रियामा बोल्दै मस्यौदा समितिका सदस्य सभासद प्रकाश शरण महतले नागरिकतामा वंशज र अङ्गीकृत भनेर गरिएको बिभाजनले धेरै अल्मल्याएको भन्दै यसमा धेरै विवाद गर्नु जरुरी नरहेको आैंल्याउनुभयो । उहाँले  नेपाली महिलासँग विहे गर्ने विदेशी पुरुषलाई दिने नागरिकताको समय छोट्टयाउनुपर्ने र यो कुरा कानुनमा नभई संविधान मै आउनुपर्ने कुरा मस्यौदा समितिमा आफूले राखेको जानकारी दिनुभयो । विवादित विषय हटाउनुपर्ने भन्दै उहाँले बाबुका कारणले नागरिकता नपाउने अवस्था नरहने दाबी गर्नुभयो ।

मस्यौदा समितिका अर्का सदस्य सभासद राम नारायण विडारीले नेताको द्वैध चरित्रका  कारण नागरिकतामा यस्तो समस्या देखिएको बताउनुभयो । उहाँले संविधानको विधेयकमा संशोधान हाल्न पनि सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागी सभासद महिला सभासदहरूले नागरिकतामा गरिएको विभेद हटाउन अन्य कुनै उपाय नलागे संविधान सभामा संसोधन प्रस्ताव ल्याउने प्रतिवद्धता जनाए ।

DSC_1160

उनीहरूले संविधानमा गरिएको विभेद विशेष समिति र मस्यौदा समितिमा नसच्चिए संविधान सभामा पेश हुने संविधानको विधेयकमा संसोधन प्रस्ताव हाल्ने बताएका हुन् ।  सभासद आशा कोइरालाले सवै सभासदलाई यी प्रक्रियामा साथ दिन आव्हान गर्नुभयो ।

सभासद रेखा शर्माले नागरिकतामा महिलाको माग नागरिकतामा आमा वा बाबु राखिनुपर्ने र अङ्गीकृतमा विदेशी महिला र पुरुषलाई समान व्यवस्था गर्नुपर्ने मात्रै रहेपनि नेताले यो विषयलाई जटिल बनाएर आमाको नाममा नागरिकता दिने अधिकार खोस्न लागेको आरोप लगाउनुभयो । बाबुले सन्तानलाई नागरिकता दिन श्रीमतीको प्रमाण नचाहिने तर  आमाले  दिँदा श्रीमानको प्रमाण पेश गर्नुपर्ने प्रावधान अत्यन्त विभेदकारी भएको उहाँको भनाइ थियो ।

अन्र्तक्रियामा बोल्दै  अन्र्तपार्टी महिला सञ्जालका अध्यक्ष शशी श्रेष्ठले नागरिकताका विषयमा  भएको पछिल्लो संशोधन सुधार गर्न  ४८ बुँदे सुझाव शिर्ष नेतालाई बुझाएको जानकारी दिनुभयो । उहाँले लैङ्गिकमैत्री संविधान ल्याउन सभासदले भित्रबाट  दवाद दिन सुझाउँदै  आफूहरूले बाहिरबाट  सहयोग गर्ने वचन दिनुभयो ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी सपना मल्ल प्रधानले नागरिकतामा अहिले गरिएको व्यवस्थाले  महिलालाईमात्र विभेद गरेको बताउनुभयो ।

उहाँले नागरिकताको हकमा ‘वा’ राखिए पनि महिलाले छोराछोरीलाई नागरिकता दिलाउँदा श्रीमानको प्रमाण देखाउँनै पर्ने तर, पुरुषले छोराछोरीलाई दिँदा आमाको खोजी गर्नु नपर्ने विभेदपूर्ण नीति आएको प्रति आपत्ति जनाउनुभयो ।

उहाँले छलफलमा सहभागी सभासदप्रति इङ्गितगर्दै भन्नुभयो ‘नागरिकतामा ‘वा’ महिलाको लागि कि पुरुषको ? धारा ११ को ५ र ७ नम्बरलाई हेर्ने हो भने ‘वा’ महिलाको पक्षमा छैन् ।’ यी २ वटा बुँदामा गरिएको व्यवस्थाले आमाले सन्तानलाई नागरिकता दिने अधिकारलाई निषेध गरेको भन्दै यी बुँदा  खारेज गनुपर्ने प्रधानको भनाइ थियो ।

संविधानको मस्यौदामा नागरिकता सम्बन्धी व्यवस्थाको धारा ११ (५) मा ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने छ’, उल्लेख छ । यसैगरि ११ (७) मा ‘यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएकाको भएतापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी वसोवास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ’, भनिएको छ  ।

अधिकारकर्मी दिप्ती गुरुङ्गले नागरिकतामा बाबु पत्ता नलागेको भनेर उल्लेख गर्नु उचित नभएको र त्यो शव्दले महिलामाथि अपमान गरेको तर्क गर्नुभयो ।

प्रकाशित मितिः २०७२ भदौ ३ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: