बुहारीलाई निःशुल्क पढाउने क्याम्पस


प्रकाशित मिति :2015-08-20 10:53:38

महिला खबर

झापा¸भदौ ३ । झापाको कन्काई नगरपालिकास्थित भृकुटी उच्च माविले बुहारीलाई निःशुल्क पढाउने निर्णय गरेको छ । विसं २०६७ देखि उच्च मावि चलाउँदै आएको कन्काई दुर्गापुरस्थित भृकुटी उमाविले यसै शैक्षिक सत्रबाट बुहारीलाई निःशुल्क पढाउने भएको हो ।

निःशुल्क अवसर दिएर उच्च शिक्षा अध्ययनका लागि बुहारीलाई प्रोत्साहित गर्ने यो झापाको दोस्रो उच्च मावि हो । यसअघि गोलधापको जनजागृति उमाविले बुहारीलाई निःशुल्क पढाउँदै आएको छ ।

एसएलसी पासभएपछि विवाह गरेका बुहारी उच्च शिक्षाबाट बञ्चित नहुन् भनेर बुहारी पढाउन थालेको उमाविकी प्राचार्य अञ्जना सिटौला बताउनुहुन्छ ।

मानविकी, शिक्षाशास्त्र र वाणिज्य सङ्कायको पढाइ सञ्चालन गर्दै आएको उक्त  उच्च माविले वरपरका दुर्गापुर सामुदायिक भवन, प्रजापति सामुदायिक वन र जामुनखाडी सामुदायिक वनलगायतका संस्थामा पत्राचार गरेर आफ्नो गाउँका बुहारीलाई पढाउन पठाइदिन आग्रह गरेको छ ।

“पछिल्लो समय बुहारीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ”, उमाविकी प्राचार्य भन्नुहुन्छ– “तर आर्थिक समस्याका कारण धेरै बुहारी पढाइबाट वञ्चित भएका छन् । त्यसैले हामीले निःशुल्क पढाउने भएका हौँ ।”

उमाविले बुहारी पढाउन घरघरै गएर तथा टोल विकास संस्थालाई समेत खबर गरेर प्रचारप्रसारलाई तीव्र बनाएको छ ।  बुहारीलाई निःशुल्क पढाउने झापाको पहिलो उच्च मावि जनजागृतिबाट हालसम्म ५० जना बुहारीले उच्च शिक्षा पूरा गरिसकेका छन् ।

प्रकाशित मितिः २०७२ भदौ ३ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: