मैयादेवी श्रेष्ठद्वारा आफ्नो सम्पत्ति ट्रष्टलाई


प्रकाशित मिति :2015-08-19 16:55:42

सृजना अर्याल

चितवन, भदौ २ । दानकी देवीको रुपमा परिचित पूर्व सांसद मैयादेवीले आफ्नो नाममा रहेको ८ करोड रुपैयाँ बराबरको घर र जग्गा मैयादेवी ट्रष्टको नाममा हस्तान्तण गर्नु भएको छ ।  नारायणगढको पुतलीसडकमा रहेको मैयादेवी श्रेष्ठको घर र जग्गा वुुधवार एक कार्यक्रमका बीच शिक्षा मन्त्री चित्रलेखा यादवले ट्रष्टलाई हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा मन्त्री यादवले मैयादेवीको परिचय नै दान भएको बताउनु भयो । मैयादेवीले महिला शिक्षालाई प्राथमिकता दिँदै कलेज खोल्नु भएको भन्दै गुणस्तरिय शिक्षा मार्फत नै शिक्षा क्षेत्रमा गरिएका सबै प्रतिवद्धता पुरा गर्न सकिने आधार भएको मन्त्री यादवले बताउनुभयो ।

मैयादेवी श्रेष्ठ सांसद रहेको बेला विदेशमा भएका कार्यक्रममा नेपालीको कुरा राख्न आफूलाई सँधै सुझाव दिने गरेको विगतलाई सम्झिँदै उहाँकोे दृढ संकल्प र साहसको प्रसंशा गर्नुभयो ।

मैयादेवीले नारायणगढ बालकुमारी कन्या विद्यालयलाई १० कट्ठा जग्गा आमाको नाममा उपलब्ध गराउनु भएको छ । उहाँले चितवनमा नै पहिलोपटक मैयादेवी कन्या क्याम्पस पनि खोल्नु भएको छ ।

IMG_9624

कार्यक्रममा बोल्दै सभासद गीता वाग्लेले दानीलाई हानी हुँदैन भन्ने उदारहण मैयादेवी श्रेष्ठ भएको भन्दै उहाँ नेपालकै गौरव भएको विचार राख्नुभयो । अर्का सभासद सावित्री चौधरीले मैयादैवीको ट्रष्ट सबैको भएको भन्दै यसको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । यस अवशरमा मैयादेवी छात्रावृतिकोषका लागि १ लाख रुपैयाँक र श्रुजश्री पत्रकारिता पुरस्कारका लागि १ लाख १ हजार रुपैयाँको चेक पनि हस्तान्तरण गरियो । मैयादेवी श्रेष्ठ तनहुँ जिल्लामा वि.स १९८५ असोज ५ गते फुलपातीको दिन जन्मनु भएको थियो ।

श्रेष्ठले आफ्नो जिवनको लामो समय राजनीति र समाजसेवामा विताउनु भएको छ । वि.स २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गर्नुभएकी उहाँले २००८ सालमा तनहुँ मै सामाजिक नारी संघ स्थापना गरि समाज विकासको ढोका खोल्नु भएको थियो । उहाँ २०४८ सालको आम निर्वाचनमा गोर्खा क्षेत्र नं २ बाट जितेर पहिलोपटक सांसद हुनुभएको हो ।

उहाँले नेपाली काग्रेंस केन्द्रीय कार्यालय, जिल्ला कार्यालय र वडा कार्यालयका लागि समेत जग्गा दिनुभएको छ । बुधवार नै नेपाल प्रेस युनियन चितवनका लागि पनि कार्यालय भवन निमार्णका लागि भरतपुर उपमहानगरपालिकामा जग्गा दिने घोषणा गर्नुभयो ।

श्रेष्ठले आफ्नो आश्रयमा रहेका र आफूले पालेका विभिन्न परिवारलाई ३३ करोड ५७ लाख रुपैयाँको भूमि दान गरिसक्नु भएको छ । उहाँले सामाजिक एवं धार्मिक संघ संस्था, पाटी पौवा, धर्मशालाहरूमा करिव १२ करोड रुपैयाँ सहयोग गर्नुभएको छ । ट्रष्टलाई घर जग्गा र नगद हस्तान्तरण गर्दै मैयादेवी श्रेष्ठले आफ्नो नाममा रहेका वाँकी जग्गा, धन सम्पति एवं गरगहना समेत सामाजिक श्रेत्रमा दान गर्ने वताउनुभयो ।
श्रेष्ठले पछिल्लो समय आफ्नो स्वास्थ्य विग्रँदै गए पछि बाँकी रहेको सम्पति संस्थागत रुपमा सामाजिक क्षेत्रमा सहयोग पु¥याउन आफ्ना नाममा ट्रष्ट खोलेर हस्तान्तरण गरेको वताउनुभयो ।

प्रकाशित मिति २०७२ भदौ २ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: