न्यायाधीशमा १ जना महिला पर्नु दुःखद कुरा हो : सपना मल्ल प्रधान


प्रकाशित मिति :2015-08-19 12:07:46

महिला खबर 
काठमाडौ, भदौ २ । महिला अधिवक्ताको सङख्या बढिरहेको अवस्थामा ६० जना न्यायाधीशहरूमा १ जना मात्रै महिला पर्नु दुःखद कुरा भएको बरिष्ट अधिवक्ता सपना प्रधान मल्लले बताउनुभयो ।

कार्यक्षेत्रमा महिलाको क्षमतामाथि जहिले पनि प्रश्न उठ्ने भएकाले महिलाले क्षमता अभिबृद्धिमा जोड दिन उँहाले आग्रह गर्नुभयो । प्रधानले कुनै पनि क्षेत्रमा अगाडी बढ्न शिक्षासंगै सिप र सकारात्मकता हुनु जरुरी रहेकोमा जोड दिनुभयो ।

कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)को २९ औं बार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानले महिला अधिवक्ताले अब महिलाको अधिकारको बारेमा मात्रै वकालत नगरी फरक बिषयमा पनि काम गर्न जरुरी रहेको बताउनुभयो ।

समाजसेवी प्रतिभा सुबेदीले महिला बिना पुरुषका कुनै पनि कार्य सफल नहुँने भन्दै महिलाको क्षमताको कदर गर्न अनुरोध गर्नुभयो । महिलामा पैसा बचत गर्ने बानीको विकास भएपनि उद्यमशिलतामा ल्याउन चुनौती रहेको उँहाले सुनाउनुभयो ।

सिविनका निर्देशक सुम्नीमा तुलाधरले बालअधिकार सुनिश्चतताका लागि लडिरँहदा थुप्रै धाक धम्कीका बीच काम गरेको बताउनुभयो ।
कार्यक्रममा प्राडा .शाान्ता थपालिया सम्मानबाट बरिष्ट अधिबत्ता सपना प्रधान मल्ल, समाज सेवी प्रतीभा सुवेदी सम्मानीत हुनुभएको थियो भने पुनावती महिला सशक्तिकरण सम्मान पत्रवाट सिवीनका निर्देशक सुम्नीमा तुलाधरलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति २०७२ भदौ २ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: