सहकारी संग्राहलय चितवनमा


प्रकाशित मिति :2015-08-19 10:07:35

सृजना अर्याल

चितवन भदौ २ । नेपालका ३६ हजार सहकारीलाई एकिकृत गर्ने उद्देश्यले चितवनमा बखान राष्ट्रिय सहकारी संग्राहलयको उद्घाटन गरीएको छ । संग्राहलयमा ३६ हजार वटा सहकारीका आ–आफ्नै ब्लक रहनेछ । नेपालकै पहिलो सहकारी बखान सहकारीको संग्राहलय कांग्रेस नेता सुजाता कोइरालाले उद्घाटन गर्नु भएको हो ।

संग्राहलयको उद्घाटन गर्दै नेता कोइरालाले सहकारीले देश विकासमा महत्वपुर्ण भूमिका खेलेको र महिला शक्तिकरणमा झन् ठुलो टेवा पुर्याएको बताउनुभयो । उहाँले संग्राहलयको अवलोकन गर्दै राष्ट्रिय सहकारीका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

सहकारी अभियानमा आगामी ५ वर्षमा नेपालका प्रत्येक सहकारीको पहिचान हुनेगरी संग्राहलयलाई राष्ट्रिय संग्राहलय बनाउने योजनाका साथ योे स्थापना गरिएको निर्माण समितिका संयोजक सोम भण्डारीले जानकारी दिनुभयो ।

IMG_9522

सहकारीको हाल ५ लाख लगानीमा आफ्नै भवनमा निर्माण गरिएको संग्राहलयको आगामी ५ वर्षभित्र ३७ करोड लगानीमा ४ विगाहा क्षेत्रफलमा राष्ट्रिय संग्राहलयको स्थापना गर्ने योजनाका साथ कार्यलाई तिब्रता दिइएको उहाँले बताउनुभयो ।

सहकारी संघका केन्द्रीय सदस्य तारा गुरुङले बखान सहकारीले जनताको जिवनस्तर उठाउनुकासाथै महिला लक्षित कार्यक्रमले महिला सवल बन्न सक्ने बताउनुभयो ।

संग्राहलयमा पुराना कृषि सँग सम्बन्धित ऐतिहासिक तथा संस्कृतिक पुरातात्विक वस्तुहरू राखिएको छ । सहकारीमा ५७ जना महिला सेयर सदस्य सहित १ सय ४८ सेयर सदस्य रहेका छन् ।

यस सहकारीको २१ लाख ९३ हजार २२ सेयर पुँजी रहेको छ ।  ११ जना सञ्चालक समिति रहेको सहकारीमा १ उपाध्यक्ष सहित ३ महिला रहेका छन् । सहकारीले कृषकहरूलाई लक्षितगरि धान ,मकैलगायतका बालीहरूको विऊ बिजन वितरण गर्दै आएको छ । बखान सहकारी २०१३ साल चैतमा स्थापना भएको थियो ।

प्रकाशित मिति २०७२ भदौ २ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: