महिला उद्यमीका लागि सुनसरीमा विशेष कार्यक्रम


प्रकाशित मिति :2015-08-14 12:30:43

रमला सिंगक
धरान, साउन २९। महिला उद्यमीद्वारा संचालित साना तथा मझौला उद्यम व्यावसायलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्न सुनसरीमा विशेष कार्यक्रम लागु हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिले धरानमा महिला उद्यमी प्रवद्र्धन सम्वन्धि विशेष कार्यक्रम गर्ने भएको हो ।

सुनसरीका महिला उद्यमी र विकास समितिका पदाधिकारीहरू  । तस्वीर : रमला सिंगक

सुनसरीका महिला उद्यमी र विकास समितिका पदाधिकारीहरू । तस्वीर : रमला सिंगक

सवै साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने भएपनि सुनसरीमा भने विशेष कार्यक्रम महिला उद्यमीमा मात्र केन्द्रित गर्ने महासंघ केन्द्रिय सदस्य तथा समिति अध्यक्ष कमला श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आईएलओ १६९ को सम्झौताअनुरुप यो कार्यक्रम सुनसरीसँगै मोरङ, चितवन र कास्की पनि लागु गरिने भएको छ ।

 महिला उद्यमीका लागि गरिने विशेष कार्यक्रमका लागि पहिलो चरणमा उनीहरूलाई संगठित गर्ने, महिला उद्यमीको तथ्यांक संकलन गर्ने र उनीहरूको क्षमता विकास लगायतका तालिम संचालन गरेर उद्यमशील वन्न प्रेरित गर्ने श्रेष्ठले वताउनुभयो ।

उहाँका अनुसार  जिल्लाका उद्योग बाणिज्य संघ र महासंघ विचको समन्वयमा हेल्प डेक्स पनि संचालन हुनेछ । धरानमा महिला उद्यमी संगठित भएकोमा खुशी व्यक्त गर्दै क्षमता बढाउन र आफ्नो अधिकार प्रति सचेत गराउन तालिम आवश्यक रहेको श्रेष्ठले वताउनुभयो ।
कार्यक्रम लागु भएको चार वटा जिल्लावाट ६० जना क्रियाशील उद्यमी महिलालाई छनौट गरी उनीहरूको क्षमता विकास अभिवृद्धि सम्वन्धि तालिमहरु दिईने समितिकी उपसंयोजक सृृृजना सिंह योञ्जनले वताउनुभयो ।

गएको आईतवार सुनसरी उद्योग वाणिज्य संघको पहलमा महिला उद्यमीहरूको भेलाले महिला व्यावसायी सन्ध्या श्रेष्ठको संयोजकत्वमा जिल्ला तर्दथ समिति गठन गरेको थियो । समिति गठन र प्रवद्र्धन कार्यक्रमले निष्किृय रहेका महिला उद्यमीहरूलाई थप सक्रिय बनाई व्यवसायलाई फाईदा पुग्न सक्ने संघका सुनसरी अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

प्रकाशित मिति : २०७२ साउन २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: