प्रेम विवाह सम्बन्ध विच्छेदको कारण


प्रविधिको गलत प्रयोगले समस्या बढ्दै

प्रकाशित मिति :2015-08-14 10:45:55

खेमा बस्‍नेत

डोटी , साउन  २९ । आर्थिक वर्ष २०६९/७० मा डोटी जिल्ला अदालतमा सम्वन्ध विच्छेदका पाँचवटा मुद्दा दर्ता भए । दर्ता भएका पाँच मुद्दामा चारवटा सोही वर्ष फैसला भए भने एउटा २०७०/०७१ मा सर्‍यो । २०७०/०७१ मा पनि थप पाँच वटा मुद्दा दर्ता भए । पछिल्लो वर्षवाट सरि आएको एक र सो वर्षका पाँच गरी ६ वटा मुद्दामध्ये दुई मुद्दा  अदालतबाट फैसला भए दुईमा मिलापत्र भयो र दुई आर्थिक वर्ष २०७१|०७२ मा सरे । आर्थिक वर्ष २०७१/०७२ मा डोठी जिल्ला अदालतमा  ११ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भए । गत वर्षवाट सरेर आएका दुईवटासहित ११ वटा मुद्दामा आठ वटा मिलापत्रमा टुंगिएका छन्, तीनवटा अदालतबाट फैसला भएका छन् भने दुईवटा चालु आर्थिक वर्षमा सरेका छन् ।  सम्वन्ध विच्छेद बढ्नुको कारण के हुन सक्छ ? सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र डोटीकी प्रमुख देवकी वोहरा भन्छिन् ‘मुख्य कारण प्रेम विवाह नै हो ।’ उनका अनुसार कलिलो उमेरमा प्रेम सम्वन्ध राखी  परिवारको सहमतिविना विवाह गर्ने र पछि  कुरा नमिल्दा सम्वन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको छ । यसका साथै वालविवाह, वहुविवाह पनि यसको कारण भएको वोहराले वताईन् । ‘प्रविधिको दुरुपयोग भएका कारण पनि यो समस्या आएको छ’ वोहरा भन्छिन् ‘फोन वा फेसबुकमै भएको कुराकानीका आधारमा विवाह गर्ने र पछि सँगै वस्न नसक्ने अवस्थामा नभएपछि सम्बन्ध विच्छेद गर्ने चलन बढेको छ ।’

डडेल्धुरामा कार्यरत पत्रकार सम्झना पाण्डे पनि प्रेम विवाहका कारण यो समस्या आएको वताउँछिन । उनी भन्छिन् ‘फोन वा फेसबुकको प्रयोगवाट प्रेम सम्वन्ध भइ बिहे गरेकाहरूको सम्बन्धमा समस्या देखिएको छ । उमेर नपुगी  बिहे गर्नु, अन्तरजातिय बिहे पनि  सम्बन्ध विच्छेदको  कारण भएको उनको बुझाई छ । यसैगरि महिला सशक्त भएर घरेलु हिंसा सहनु भन्दा अलग भएर बस्नु उपयुक्त ठानेर पनि पछिल्लो समयमा सम्वन्ध विच्छेद गर्ने गरेको सम्झनाले वताईन् ।  उमेर नपुगी प्रेम विवाह गर्ने कारण समस्या आएको कुरामा सहमति जनाउँछन् अधिकारकर्मी अधिराज बिसी । उनी भन्छन् ‘महिला सशक्त भएर स्वतन्त्र वस्न पनि चाहन्छन्, यसले गर्दा पनि सम्वन्ध विच्छेदका घटना बढेका हुन् ।

अधिवक्ता शंकरदीप मडै  भने परम्परागत तरिकाबाट कानुनी दायरामा नआइ गाउँघर मै पहिलेपनि सम्वन्ध विच्छेद हुने गरेको तर, अहिले यस्ता घटनाको मुद्दा अदालतमै  आउन थालेपछि संख्या बढेको देखिएको  बताउँछन् । ‘घरेलु हिंसाका वारेमा पहिले महिलालाई ज्ञान नभएर पनि सहेर बस्ने गर्थे तर अहिले ती घटनाहरू वाहिर आउन थालेका छन्, मडै भन्छन् ‘प्रेम बिवाह र वालबिवाह पनि यसको कारण हो ।’

प्रकाशित मिति : २०७२ साउन २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: