उत्तरी आयरल्याण्डमा गर्भपतनलाई प्रतिबन्ध


प्रकाशित मिति :2015-08-02 15:31:46

महिला खबर

आयरल्याण्ड, साउन १७। यूएनको एक रिपोर्ट अनुसार उत्तरी आयरल्याण्डको गर्भपतन सम्बन्धि प्रतिबन्धित कानुनका कारण त्यहाँका महिलाको स्वास्थ्यमा नराम्रो असर परेको छ ।

१८ जना बिषेशज्ञको यूएनको एक समितीले उत्तरी आयरल्याण्डको उक्त कानुनमाथि ध्यान आकर्षण गरेको छ ।उक्त रिपोर्ट यूएन मानव

अधिकार समितिको संयोजनमा गरिएको थियो ।

यूकेका अरु भागमा भन्दा उत्तरी आयरल्याण्डमा अझै पनि गर्भपतनलाई गै्रह्कानुनी मानिन्छ । महिलाको जिवनलाई खतरा हुने अथवा शारिरीक तथा मानसिक रुपमा आघात पर्न सक्ने समस्या बाहेक अन्य अवस्थामा गर्भपतन गर्न नपाउने व्यवस्था रहेको छ ।

गर्भपतनलाई कानुन अन्र्तगत अपराधको रुपमा लिइन्छ, महिलाहरु गर्भपतनका लागि अन्य भागमा जाने गर्दछन् जसले गर्दा उनीहरुको जीवन र स्वास्थ्यमा ठूलो असर परेको छ ।

रिपोर्टले गर्भपतनको कानुनलाई सुधार गर्न र  गर्भपतनलाई कानुनी मान्यता दिन् , बलात्कार, हाडनाताकरणीका घटनालाई पनि कानुनमा समेट्न सुझाव दिएको छ ।

प्रकाशित मिति  : २०७२ साउन १७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: