पहिरोमा ३१ को मृत्यु : १४ महिला र ४ बालिका परे


प्रकाशित मिति :2015-07-31 14:35:25

महिला खबर
पोखरा, साउन १५ । बुधबार राति आएको पहिरोले कास्कीको लुम्ले, भदौरे तामागी र ढिकुरपोखरीको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । ती मध्ये १४ महिला र ४ बालिका रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  प्रहरीका अनुसार पहिरोमा परी १० जना वेपत्ता भएका छन् ती मध्ये ३ महिला र २ बालिका रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार लुम्लेमा २४, भदौरे तामागीमा पाँच र ढिकुरपोखरीमा दुईजनाको मृत्यु भएको छ । भदौरे तामागीमा ४ र लुम्लेमा ६ गरी १० जना बेपत्ता भएका छन् । भदौरेमा १५, लुम्लेमा ३ र ढिकुरपोखरीमा १ गरि १९ जना घाइते भएका छन् । घाइते १९ मध्ये १० महिला र ३ बालिका रहेका छन् उनीहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको अस्पतालले बताएको छ ।

पहिरोमा बेपत्ताको खोजी कार्यका लागि शुक्रवार विहानैबाट नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियवासी खटिएका छन् । विहीबार साँझदेखि पानी परेपछि राति खोजी र उद्धारको काम रोकिएको थियो । शुक्रबार विहानैबाट पुनः उद्धारमा जुटेको प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले जानकारी दिनुभयो ।

बुधबार साँझदेखि परेको वर्षाका कारण पहिरो गएको हो । पोखरा– बाग्लुङ राजमार्गको दर्जनौं स्थानमा गएको पहिरो हटाएपछि एकतर्फी राजमार्ग खुलेको प्रहरीले जानकारी दिएको छ । रुख सहितको लेदो माटो सडकमा थुप्रिएका कारण समस्या आएको थियो ।

प्रकाशित मितिः २०७२ साउन १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार मुद्दामा महरालाई सफाइ

–महिला खबर– ललितपुर । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ

स्वस्थानीको पाना च्यात्ने कि छाउगोठ भत्काउने ?

–विमल नेपाल– ब्रत बसेर पुरुष पाइन्छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको छ, स्वस्थानी कथाले ।

प्रदेशकै नमूना न्यायिक समिति बनाउने धोको

-रनी विवश- सिंहले न्यायिक समितिलाई सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट समिति बनाउने गरि आफूले कामकाज गरेको बताइन् ।

महिलालाई अलमल्याएर अर्धबेरोजगार बनाउन बन्द गर्नुपर्छ– मन्त्री गुरुङ

महिलालाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ’ गुरुङले भने, ‘अबको युग भनेको महिला उद्यमीहरूको युग हो

एक हजार डलरको इञ्जा पुरस्कार ढुंगाना र सिंहलाई

ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ शिर्षकको आलेखले उक्त पुरस्कार जितेको हो ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: