वैदेशिक रोजगारीले महिलाको परम्परागत भुमिका फेरिदै


प्रकाशित मिति :2015-07-29 15:14:47

खेमा बस्नेत

12

धनगढी, साउन १३ । हिउँदको जाडो मौसममा होस् या गर्मी, चौमलाकी  खुरखुरीयाकी लक्ष्मी जोशीलाई काममा सघाउने कोही छैन । धान रोप्ने, गहुँ छर्नेदेखि सम्पुर्ण लगाउने र थन्क्याउने कामको जिम्मेवारी एक्लो उनको काँधमा  छ ।

घरधन्दा चलाउने पिरलो पर्न थालेपछि उनका श्रीमान् महादेव जोशी वैदेशिक रोजगारीका लागि मलेसिया हानिए । यसअघि श्रीमान्–श्रीमती मिलेर गर्ने काम अब लक्ष्मीको काँधमा थपिएको हो ।

‘एक्लै हुँदा कामले एकछिन फुर्सद छैन्’,सास फेर्ने समय पनि मिल्दैन, श्रीमानघरमा हुँदा स–सानो काममा पनि सरसल्लाह अनुसार गरिन्थ्यो । कामको भार कम पथ्र्यो, अलि फुर्सद पनि मिल्थ्यो’ लक्ष्मीले भनिन् । खेतबारीको काम उनका दम्पत्ति मिलेर गर्थे ।
दुई जनाले गर्ने काम एकैले गर्दा कस्तो हुन्छ अहिले थाहा पाउँदै छु’ उनले भनिन् ।

घर बस्ने परिवारका सदस्यलाई कामको बोझले मात्रै पिरोल्ने गरेको छैन । ठूलो सपना बोकेर बैदेशिक रोजगारीमा गएका आफन्तले अपेक्षा अनुसार काम र दाम नपाउँदा साहूबाट लिएको ऋणले समेत निकै सताउने गरेको  लक्ष्मी बताउँछिन् । समयमा व्याज तिर्न नसक्दा साहुको गनगन   र जिम्मेवारीका कारण तनाव हुने गरेको लक्ष्मीले बताइन् ।

लक्ष्मीका श्रीमान् माघमा  रोजगारीको शिलशीलामा मलेसिया गएका हुन् । छरछिमेका अरु गएपछि उनीपनि ऋण काढेर गए’, घरमा खानलगाउन त पुगेकै थियो  । तर, श्रीमानले नमान्दा अहिले कामको बोझ पनि थपियो ऋण पनि उकालो लाग्न थाल्यो’ लक्ष्मीले भनिन्  ।

श्रीमान् नहुँदा उनले गर्ने कामका लागि ज्यालादारीमा काम गराउँदा खर्च समेत बढेको छ । साँहुको ऋण नतिरी घर फर्कन पनि सम्भव छैन्, त्यसैले  श्रीमानलाई सवै समस्या भन्न नसकेको बताइन् ।

श्रीमानले पैसा पठाएपनि नपठाएपनि भाखा पुगेपछि साहूले उनीहरूलाई नै ताकेता गर्ने भएपछि झन टाउको दुखाइ हुने गरेको उनीहरूको भनाई छ । श्रीमान वैदेशिक रोजगारमा गएपछि आफूहरूको मानसिक र शारिरीक संघर्ष बढेको उनीहरू बताउँछन् ।

‘श्रीमान् सँगै हुँदा घाँस–दाउरा, गाइवस्तुको हेरचाहलगायतका काममा आफूलाई कहिल्यै बोझ भएजस्तो लागेको थिएन्, चौमालाकी  सीता विकले भनिन् ‘श्रीमान् साउदी अरब गएपछि पारिवारिक र सामाजिक जिम्मेवारी समेत थपिएको छ ।’ सीता विकका श्रीमान् प्रकाश विक साउदी अरव गएको धेरै भयो ।

त्यसपछि गाउँघरमा तथा समाजमा मर्दापर्दा सबै काम उनैले धानेकी छिन् । घरभित्रको काम म हेर्थेें, बाहिरको उहाँ हेर्नुहुन्थ्यो, मिलेर काम गथ्र्याै’ उनले भनिन्, अहिले सबै आफै गर्नुपरेको छ, समाजमा मर्दापर्दा पनि आफै जानुपर्छ ।’

संयुक्त परिवार हुनेहरूका लागि केही सहज भएपनि एकल परिवारका गृहणीले बढी जिम्मेवारीको सामाना गर्नुपर्ने फुलवारी ए गाउँकी जमुनी खड्काले बताइन् । ‘श्रीमान् विदेश गएपनि घरमा सासु ससुरा भए काममा त्यति समस्या हुँदैन’, उनले भनिन् ‘एक्लैलाई त समस्या नै पर्छ नी ।’ संयुक्त परिवारमा केही जिम्मेवारी थपिएपनि श्रीमानको राम्रो कमाई भएमा केही फरक नपर्ने उनको भनाई छ ।

चौमालाकी इन्द्रा शाही भने विदेशमा श्रीमानको राम्रै जागिर भए जस्तो सुकै जिम्मेवारी निभाउन सकिनेमा ढुक्क छिन् । ‘घरमुली आफै भएर जिम्मेवारी निभाउनु परेपनि श्रीमानले विदेशमा राम्रो कमाई गर्दा त्यति समस्या छैन् । उनले श्रीमानलाई विदेश पठाउँदा धेरै कुरा बुझेर मात्रै पठाएकोले समस्या नभएको बताइन् । ‘विदेश जाँदा धेरै कुरा बुझेर गएका हुन्, अहिले धनगढीमा जग्गा किनेका छाै’ उनले भनिन् ‘२ सन्तानलाई राम्रै स्कुलमा पढाएकी  छु, धेरै राम्रो छ ।’

विभिन्न मनोविज्ञानले वैदेशिक रोजगारीमा जाने गरेको भएपनि सुदूरपश्चिमबाट भने गरिबीका विदेशिने बढी छन् । वैदेशिक रोजगार सम्बन्धि सूचना तथा परामर्श केन्द्र (सामी)का जिल्ला परियोजना संयोजक पञ्चराम चौधरीले कैलाली जिल्लामा रोजगारीका लागि  विदेशिने पुरुष बढ्दै गएपछि महिलाको जिम्मेवारी पनि बढ्दै गएको वताए । उनले महिलाले गर्ने परम्परागत जिम्मेवारीमा समेत परिवर्तन आएको वताए ।

कैलालीबाट मात्रै आर्थिक वर्ष २०६९/०७० मा ६ हजार १३१ जनाले राहदानी लिएकोमा २ हजार ५२७ जनाले बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यस्तै आर्थिक वर्ष ०७०/०७१ मा १० हजार ४५० जनाले राहदानी लिएकोमा ३ हजार ४२७ जनाले श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका छन्  भने ०७१/०७२ मा  १ हजार १ सय १० जनाले राहदानी बनाएको तथ्याङ्क छ । बैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको संख्या वर्षेनी बढ्दै गएपनि श्रम स्वीकृति लिएर विदेशिनेको संख्या कम देखिएको छ ।

प्रकाशित मिति : २०७२ साउन १३ गते बुधवार

तस्‍विर : गुगल

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार मुद्दामा महरालाई सफाइ

–महिला खबर– ललितपुर । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ

स्वस्थानीको पाना च्यात्ने कि छाउगोठ भत्काउने ?

–विमल नेपाल– ब्रत बसेर पुरुष पाइन्छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको छ, स्वस्थानी कथाले ।

प्रदेशकै नमूना न्यायिक समिति बनाउने धोको

-रनी विवश- सिंहले न्यायिक समितिलाई सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट समिति बनाउने गरि आफूले कामकाज गरेको बताइन् ।

महिलालाई अलमल्याएर अर्धबेरोजगार बनाउन बन्द गर्नुपर्छ– मन्त्री गुरुङ

महिलालाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ’ गुरुङले भने, ‘अबको युग भनेको महिला उद्यमीहरूको युग हो

एक हजार डलरको इञ्जा पुरस्कार ढुंगाना र सिंहलाई

ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ शिर्षकको आलेखले उक्त पुरस्कार जितेको हो ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: