‘घरेलु हिंसाको उजुरी पाँच गुणाले वृद्धि’


प्रकाशित मिति :2015-07-26 13:46:57

धनु राई

ओखलढुङ्गा, साउन १० । नेपाल प्रहरीमा घरेलु हिंसा सम्बन्धि उजुरीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको देखिएको छ ।  आर्थिक वर्ष ०७०/७१ मा भन्दा ०७१/७२ मा पाँच गुणाले उजुरी बढेको महिला तथा बालबालिका सेवा निर्देशनालय प्रमुख एवम् प्रहरी नायब महानिरिक्षक मिङमार लामाले बताउनुभयो ।

भूकम्पपछि महिला तथा बालबालिकाको अवस्था बुझ्न शनिवार  ओखलढुङ्गा सदरमुकाम आईपुग्नुभएका डिआईजी लामाले अघिल्लो वर्ष एक हजार आठ सय घरेलु हिंसाको उजुरी परेकोमा यसवर्ष आठ हजार छ सय पुगेको बताउनुभयो ।

‘यो अपराध बढेको होइन । उजुरीमात्र बढेको हो ।’ लामाले भन्नुभयो, ‘यसको पछाडी मान्छेहरू आफ्नो पीडा निडर बनेर प्रहरीकहाँ उजुरी दिन सक्ने चेतना बढेको हो ।’ मध्यपश्चिम र पूर्वको तुलनामा सुदुरपश्चिममा महिलाको आत्महत्या गर्ने दर पाँच गुणाले बढी भएको लामाले बताउनुभयो ।

यसको पछाडी घरेलु हिंसा जस्ता घटना बढी भएको उहाँको दाबी छ । अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले महिला र बालबालिका सम्बन्धि कतिपय घटनाहरू प्रहरीसम्म आई नपुगी मिल्ने गरेको बताए ।

प्रहरीले सजिलोसँग उजुरी दर्ता नगर्नु,  राजनीतिक पहुँच र दबाबको कारण घटना प्रहरीसम्म आउन नसकेको उनीहरूको भनाइ थियो । डिआईजी लामाले आगामी दिनमा प्रहरीलाई थप दक्ष बनाउँदै यस्ता समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति: २०७२ साउन १० गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कार मुद्दामा महरालाई सफाइ

–महिला खबर– ललितपुर । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ

स्वस्थानीको पाना च्यात्ने कि छाउगोठ भत्काउने ?

–विमल नेपाल– ब्रत बसेर पुरुष पाइन्छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको छ, स्वस्थानी कथाले ।

प्रदेशकै नमूना न्यायिक समिति बनाउने धोको

-रनी विवश- सिंहले न्यायिक समितिलाई सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट समिति बनाउने गरि आफूले कामकाज गरेको बताइन् ।

महिलालाई अलमल्याएर अर्धबेरोजगार बनाउन बन्द गर्नुपर्छ– मन्त्री गुरुङ

महिलालाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ’ गुरुङले भने, ‘अबको युग भनेको महिला उद्यमीहरूको युग हो

एक हजार डलरको इञ्जा पुरस्कार ढुंगाना र सिंहलाई

ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ शिर्षकको आलेखले उक्त पुरस्कार जितेको हो ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: