दुर्घटनामा परेकी कल्पनाको पीडा


प्रकाशित मिति :2015-07-26 13:02:55

महिला खबर

कैलाली १० साउन । डोटीको जोराइलबाट धनगढी आउँदै गरेको ना ३ ख ५७०७ नम्बरको यात्रु बाहक बस असोज २० गते डोटीको बुडर–जोरायल सड्क खण्डमा छतिवन गाविसको बजलेकमा दुर्घटना भएको थियो । त्यही दुर्घटनामा डडेल्धुरा अमरगडी ४ खलङगाकी कल्पना विष्ट घाइते भएकी थिइन ।

असोज २० गते माइतीबाट दशैको टिका थापेर घर फर्केकी उनलाई बसको क्याविनमा बसेकोसम्म थाहा छ । त्यसपछि के भयो उनलाई याद छैन् ।अस्पतालमा होस् खुलेपछि उनले आफ्नो श्रीमानको खोजी गरिन् । तर, १ वर्ष ४ महिनाकी छोरी र श्रीमान् लक्ष्मण ठकुराठीलाई बस दुर्घटनामा गुमाई सकेकी थिईन् ।

IMG_9901

आफुलाई के भयो त्यसको वास्ता नगरी एकोहोर छोरी र श्रीमानका लागि कराईरहेकी कल्पना श्रीमान् र छोरी गुमाउनुको पीडा त थियो नै आफ्नो शरीरको आधा भाग नै नचल्ने भएको थाहा पाउँदा झनै पीडा भयो ।

भारतको लखनउमा रहेको सामारा हस्पिटलमा उनले सात महिना उपचार गराईन् । उनको अबस्था बुझ्न घरपरिवारले अहिलेसम्म एक कल फोन समेत नगरेको गुनासो गरिन् ।  बैशाख १३ गते नेपाल आएकी कल्पनालाई उनका माइतीले रेखदेख गर्दै आएका छन् ।
घटना भएको १० महिनासम्म परिवारले वास्तानै नगरेको सुनाउँदै भनिन् ‘अब मेरो आफन्त कोही रहेनन् ।’

उपचारपछि माइतीको सहयोगमा श्रीमान्को घर डडेल्धुरा अमरगडी ४ खलङगा पुग्दा उनी आएको खुसी कसैलाई भएन । घरमा बस्न असहज भएपछि उनी त्यहावाट फर्किए लगातै अत्तरियामा रहेको सामूदायिक अस्पतालमा उपचार गराई रहेकी छिन्  । उनीको कम्मरभन्दा तलको भाग चल्दैन उनको उपचारको सम्पुर्ण खर्च सुदुरपश्चिम यातायत व्यवसायीले व्यहोरेको छ ।
सो दुर्घटनामा घाइते भएकी अत्तरिया नगरपालिका ४ की कृष्णा शाहीको पनी कम्मर भन्दा तलको भाग चल्दैन ।

प्रकाशित मिति २०७२ साउन १० गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला जनप्रतिनिधिका तीन वर्ष: बैठकमा जाऊ ताली बजाऊ

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले कार्यक्रम संयोजक तथा जनप्रतिनिधिलाई पैसा खर्च

कोरोनाको बहानामा मर्कामा पत्रकार

-महिला खबर- कोभिड-१९को नाममा पत्रकारलाई भोको राख्न नहुने प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी

वन्दना राणा यूएनको सिड कमिटीमा दक्षिण एशियाकै एक मात्र उम्मेदवार

-महिला खबर- ललितपुर । महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा

काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: