दलका नेताको कठालो समात्नुस् : डा.भट्टराई


प्रकाशित मिति :2015-07-23 11:14:36

नुनुता राई

काठमाडौं,साउन ७ । संवाद समितिका सभापति डा.बाबुराम भट्टराईले समितिमा सहमति भएका निर्णयहरु अनाधिकृत ढंगले मस्यौदा समितिमा गएर उल्टिएको बताउनु भएको छ ।

अन्तर पार्टी महिला सञ्जालले मस्यौदा संविधानमा दिएको ४७ बुँदे लिखित सुझाव बुझ्दै डा.भट्टराईले सम्बाद समितिमा सहमति भएको कुरा मस्यौदा समितिले आफ्नो क्षेत्र अधिकार नाघेर उल्ट्याउनु दुर्भाग्य भएको बताउनुभयो ।

४७ बुँदे माग बोकेर सभापति भट्टराई कहाँ पुगेका सञ्जालका प्रतिनिधिहरूलाई उहाँले महिलाका अधिकार सुनिश्चित गर्नका लागि संवाद समितिमा रहेका आआफ्ना नेताको कठालो समात्न सके निर्णय गर्न सजिलो हुने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो ‘तपाईहरूले दिएका सुझाव जायज छन् । यसमा म सत प्रतिशत सहमत छु । दलिय राजनीति हो । मैले सकेजति माग संविधानमा सम्बोधन गर्न प्रयास गर्नेछु ।’

baburam 1
ग्रामीण क्षेत्रका मुस्लिम, दलित र जनजाती महिलाले आफ्नै भाषा शैलीमा महिलाका अधिकार सुनिश्चित गर्न मस्यौदा संविधान संशोधनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट सुझाव दिएको भट्टराईले सुनाउनु भयो ।

यसैगरी संविधान सभाका सभामुख सुवास चन्द्र नेम्वाङले सञ्जालको सुझव बुझ्दै बढी भन्दा बढी जनताको सुझाव समेट्ने प्रतिवद्धता जनाउनुभयो ।

संविधान सभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमिला राणाले महिलाको हक अधिकार सुश्चित गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने कुरा सञ्जाल प्रतिनिधिहरूसंगको भेटमा राख्नुभयो । सञ्जालले सभापति राणालाई ४७ बुँदे लिखित सुझाव उहाँकै कार्यकक्षमा पुगेर बुझाएको हो ।

अन्तर पार्टी महिला संञ्जालकी अध्यक्ष शशी श्रेष्ठको नेतृत्वमा गएको टोलीले महिलाको पहिचान, समानुपातिक प्रतिनिधित्व,नागरिकतामा समान अधिकार र राज्यको हरेक निकायमा पहुँच स्थापित गर्ने गरी नयाँ संविधानमा महिलाका अधिकार लिपिबद्ध गर्न सुझाव दिएको हो ।

यसैगरी सञ्जालले दिएको सुझावमा मस्यौदा संशोधन प्रस्तावमा पितृसत्तात्मक थप्नुपर्ने, राष्ट्रप्रमुख र उपराष्ट्रप्रमुख महिला र पुरुष आलोपालोको सिद्धान्त अनुसार हुनुपर्ने, महिला प्रजनन् स्वास्थ्यको हक सुनिश्चित गर्नुपर्ने लगायत रहेका छन् ।

प्रकाशित मिति २०७२ साउन ७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: