महिलाको व्यक्तिगत घटना विवरण दर्ता न्युन


प्रकाशित मिति :2015-07-22 13:54:21

पुरुषको नाममा जग्गाको लालपूर्जा, बैँक व्यालेन्स तथा सम्पति रहेका कारण पुरुषको मृत्यु दर्ता समयमै गरिन्छ, तर महिलाको मृत्यु दर्ता कमैले गर्ने गरेका छन्।

खेमा बस्नेत

कैलाली, साउन ६ । कैलालीमा पुरुषको तुलनामा महिलाको मृत्यु दर्ता न्यून रहेको पाइएको छ। जिल्ला विकास समिति कार्यालय कैलालीको व्यक्तिगत घटना दर्ता विवरणमा मृत्यु भएका अधिकांस पुरुषको मृत्यु दर्ता गराउने गरिएको भएपनि महिलाको मृत्यु दर्ता भने न्युन देखिएको छ।

२०६४ सालमा कैलाली जिल्ला भर २ हजार ४० जना पुरुषको मृत्यु दर्ता भएको छ भने महिलाको मृत्यु दर्ता ५ सय १४ मात्र रहेको छ। ०६५ मा २ हजार ७ सय ७३ पुरुषको मृत्यु दर्ता भएकोमा महिलाको ७ सय १७ मात्र दर्ता भएको छ।
२०६६ मा महिलाको मृत्यु दर्ता ६ सय ६८ रहेको छ भने पुरुषको २ हजार ५९ रहेको बिबरणमा उल्लेख छ।

यसैगरी ०६७ सालमा २ हजार ४ सय ५३ पुरुषको मृत्यु दर्ता भएकोमा ९ सय ७२ महिलाको मात्र मृत्यु दर्ता गरिएकोे छ।
२०६८ मा ९ सय ५४ महिला र ३ हजार ८ सय ८५ पुरुषको मृत्यु दर्ता भएको उल्लेख छ। यसैगरि अन्य वर्षमा पनि पुरुषको तुलनामा महिला मृत्यु दर्ता एकदमै कम हुने गरेको तथ्यांकले देखाएको छ।

२०६९ मा पुरुषको मृत्यु दर्ता २ हजार २ सय २१ रहेको छ भने महिलाको ९ सय २१ मात्र रहेको छ। ०७१/७२ सालमा पनि २ हजार ४ सय ३२ पुरुषको मृत्यु दर्ता गरिएकोमा महिलाको भने १ हजार २ सय मात्र रहेको छ।

जिल्ला विकास समिति पञ्जिकरण शाखाका खरिदार नित्यानन्द जोशीका अनुसार विद्यालयमा भर्ना गराउँदा अनिवार्य जन्म दर्ता चाहिने हुँदा ढिलो भएपनि बालिकाको जन्म दर्ता गराउँछन् तर महिलाको मृत्यु दर्ता भने एकदम कमले मात्र गर्ने गरेका छन्।

जोशीले भन्नुभयो ‘जन्म दर्ता र मृत्यु दर्ता आवश्यक परेको समयमा मात्र गर्न आउँछन्। मृत्यु दर्ता गराउँनेमा बढी पुरुषको संख्या रहेको छ।’ उहाँले पुरुषको नाममा जग्गाको लालपूर्जा, बैँक व्यालेन्स तथा सम्पति रहेका कारण पुरुषको मृत्यु दर्ता समयमै गरिन्छ, तर महिलाको मृत्यु दर्ता कमैले गर्ने गरेको बताउनुभयो।

गाविस तथा नगरपालिकामा जन्म र मृत्यु भएको ३५ दिन भित्र दर्ता गराउँदा कुनै शुल्क लाग्दैन। जोशीले भन्नुभयो ‘व्यक्तिगत घटना विवरण भर्न ३५ दिन भित्र आए कुनै पनि जरिवाना तिर्नुपर्दैन।’

प्रकाशित मितिः २०७२ साउन ६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

लकडाउनमा लोकप्रिय मेयर

समस्याका बेला मेयर साहले नगरबासीलाई गरिरहेको सहयोग देशका अन्य जनप्रतिनिधिका लागी पनि सिकाई हुने।

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: