नेपाल महिला संघको भेलाद्वारा ५० प्रतिशत हिस्साको माग


नागरिकतामा आमा वा बाबु चाहिन्छ

प्रकाशित मिति :2015-06-26 10:48:37

बेलिना थापा
लमजुङ,असार ११ । नेपाल महिला संघले केन्द्रदेखि स्थानियतहसम्म ५० प्रतिशत महिला सहभागीता सुनिश्चित गर्न माग गरेको छन् । संघको पश्चिमाञ्चल स्तरीय भेलामा सहभागी महिलाले यस्तोे माग गरेका हुन् ।
भेलाले राज्यका महत्वपूर्ण पदहरू राष्ट्रपती , उपराष्ट्रपती, प्रधानमन्त्री , उपप्रधानमन्त्री , सभामूख र उपसभामुखमा एक पद महिलाका लागि वा आलोपालो व्यवस्था गर्न माग गरेको छ ।
उनीहरूले आमाको नामबाट नागरिकता पाउने व्यवस्थामा दलहरूले आमा वा बाबु नभनिकन आमा र बाबु भन्ने शव्द राखेको भन्दै आमाको नामबाट नागरिकता पाउने कानुनलाई कडाईका साथ लागु गर्न माग गरेका छन् ।  बलात्कारीलाई मृत्यु दण्ड वा जन्म कैदको सजाय हुनुपर्ने भेलाको अर्को माग छ ।
संघको केन्द्रीय कार्यसमितिले लमजुङमा आयोजना गरेको भेला २१ बुँदे लमजुङ घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०७२ असार ११ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: