महिला खबर
सुनसरी, असार १० । सुनसरीका उराव समुदायका महिलाले जिविकोपार्जनका लागि बाँसको मुडा बनाउन थालेका छन् । मुडा बनाउनको लागि उनीहरूले एक हप्ते तालिम लिएका हुन् । सभासद सूर्यदेव उरावलले गरेको आर्थिक सहयोगबाट सत्तेरझोडाका ५५ जना महिलाले मुडाबुन्ने तालिम पाएका हुन ।
तालिम लिएका महिलालाई प्रमाणपत्र दिँदै सभासद सूर्यदेव उरावले भन्नुभयो –‘उराव समुदाय आर्थिक, समाजिक, शिक्षा र स्वास्थ्य क्षेत्रमा निकैपछि परेकाले महिलालाई आत्मनिर्भर बनाउन आर्थिक सहयोग गरेको हो ।’
उहाँले मुडा बनाउने सीप सिकेर सानो लगानीमा घरखर्च जुटाउन सकुन् भनेर महिलालाई लक्षित गरेको बताउनु भयो ।
प्रकाशित मिति २०७२ असार १० गते बिहीवार
Comment Here!