मन हलुको पार्दै भूकम्प पीडित महिला


प्रकाशित मिति :2015-06-24 13:23:24

महिला खबर

पोखरा, असार ९ । जति दिन बित्दै जाँन्छ उति मन पोलिरहन्थ्यो । गाँउमा न बस्ने बास छ न खाने गाँस छ,’ गोर्खा लाप्राककी २५ दिनकी सुत्केरी कुम्नि गुरुङलाई निद्रा पर्न छोडेको थियो । भूकम्पपछि विस्थापित उनी पोखरामा सामाजिक संघसंस्थाको आश्रयमा छिन् ।

भूकम्पपीडितको मानसिक अवस्था बुझेर यी सामाजिक संघसंस्थाले तनाव व्यवस्थापन सम्बन्धि अभिमुखिकरणमा सहभागी भएपछि गुरुङले अहिले हलुको महसुस गर्न थालेकी छिन् ।

उनले भनिन्— ‘अब वितेको कुरा सम्झेर पछुताउनुको कुनै अर्थ छैन । मनलाई शान्त राखेर बाँकि जीवनलाई अगाडी बढाउनुको विकल्प छैन । अभिमुखिकरणपछि मनलाई शान्त राख्नुपर्छ भन्ने कुरा थाहा पाएपछि आत्मविश्वास जागेको छ ।’

उनकै जस्तो पीडा केराउजा कि २३ वर्षीया कुमारी गुरुङको पनि थियो । जेठ १२ गतेदेखि तमुधिं नेपालमा आश्रय लिइरहेकी उनको खुट्टा भाँचिएको छ । परिवार विस्थापित हुनुको पीडा र शारीरिक चोटले उनलाई पनि सताइरहन्थ्यो । तर, अभिमुखिकरणले जिन्दगीलाई नयाँ ढंगबाट सोचेर अगाडि बढ्ने आत्मविश्वास दिएको उनको अनुभव छ ।

तमुधिं नेपालमा आश्रय लिइरहेकाहरूलाई लक्षित गरि आयोजना गरिएको मनोसामाजिक सुरक्षा सम्बन्धि २ दिने अभिमुखिकरणपछि भूकम्प पीडित महिलाको सोचाइमा परिवर्तन आएको हो ।

 

वैशाख १२ र २९ गते गएको भूकम्पबाट पीडितलाई लक्षित गरी मनोवैज्ञानिक आघात, कारण, लक्षण तथा असर र त्यसले पछिसम्म पार्ने प्रभाव, तनाव व्यवस्थापन, स्व–हेरचाह, सकारात्मक सोचाइ, बालबालिका प्रति अभिभावकको सहयोगी भुमिका, योग तथा ध्यान अभ्यास , जीवन भोगाइका अनुभव आदानप्रदानसँगै सुरक्षित वातावरणसम्बन्धि जानकारी दिइएको थियो ।
अभिमुकिरण कार्यक्रममा बोल्दै तमुधिं नेपालका अध्यक्ष कर्म गुरुङले मनको चोट निको नभइ बाहिरी चोट निको भएरमात्रै स्वस्थ्य नहुने भन्दै मानसिक रुपमा स्वास्थ्य हुन जरुरी रहेको बताउनुभयो । अभिमुखिकरणमा ७३ जना भूकम्पपीडित महिला सहभागी थिए ।

प्रकाशित मिति २०७२ असार ९ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: