महिला खबर
काठमाडौं,असार ९ । काभ्रे तारकेश्वर नगरपालिका ५ का महिलालाई प्रजनन स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार तथा मनोसामाजिक विमर्श दिईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेस्थली उपस्वास्थ्य चौकी ,महिला पुन स्थापना केन्द्र (ओरेक) नेपाल र परिवार नियोजन संघले संयूक्त रुपमा सञ्चालन गरेको स्वास्थ्य तथा मनोसामाजिक शिविरबाट परिवार नियोजन तथा पाठेघर सम्बन्धि समस्या भएका ८१ जनाले सेवा लिएको महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालकी संयोजक बिष्णुकला भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार शिविरमा ३२ जना महिला तथा १२ जना किशोरीलाई मनोसामाजिक विमर्श सेवा, ६८ जना महिलालाई लैङ्गिक हिंसाको बारेमा अभिमुखिकरण दिईएको थियो । यसैगरी १२ जना किशोरीलाई स्नेह अभियान तथा चेलिबेटि बेचबिखनका बारेमा सचेतना दिईएको थियो ।
शिविरमा १० जना महिलालाई सुत्केरी सामग्री ,६९ महिलालाई सरसफाई सम्बन्धि सामग्री, १२ जना किशोरीलाई स्यानिटरी प्याड र परिवार नियोजन संघबाट आवश्यक औषधी वितरण गरिएको संयोजनक भण्डारीले बताउनु भयो ।
शिविरमा सहभागि २९ जना महिलामा पाठेघर सम्बन्धि र तल्लो पेट दुख्ने समस्या देखिएको थियो । ओम हस्पीटल चावहिलका साइकेट्रिक डा. पुष्प प्रसाद शर्मा तथा ओरेक नेपालका परामर्शकर्ता र कर्मचारीले उपचार एवमं परामर्श दिनुभएको थियो ।
प्रकाशित मिति २०७२ असार ९ गते बुधवार
Comment Here!