सेमिनार र गोष्ठीको बजेट जुत्ता चप्पलमा


प्रकाशित मिति :2015-06-23 11:26:40

रमला सिंगक

धरान,असार ८ । गोष्ठी र सेमिनारका लागि आएको बजेट धरान फूलवारीका महिलाले जुत्ता र चप्पल बनाउने तालिममा खर्च गरेका छन् ।

एक दिने गोष्ठी र सेमिनारले महिलाको आर्थिक उन्नति नहुँने भन्दै व्यावसायिक तालिमका लागि बजेट खर्च गरेको महिलाले बताएका छन् । ‘खाना र नास्तामा खर्च हुने बजेटबाट ३० जना महिलालाई आयआर्जनका लागि सीपमूलक तालिम दिएका हौ’—आयोजक संस्था फुलवारी महिला समूहकी अध्यक्ष लिला ढकालले भन्नुभयो ।

jutata
सीप सिकेका ३० जना महिलाले अहिले नेपाली शैलीको जुत्ता र चप्पल बनाएर बजारमा ल्याएका छन् । तीन साताअघि तालिम लिएकी धरान श्यामचोक बस्ने २२ वर्षीया सपना बुढाथोकीले नेपाली शैलीका जुत्ता चप्पल बनाएर विक्री गर्न थालेको बताउनुभयो ।

सपनाले भन्नुभयो– ‘मैले तालिम पुरा नगर्दै धरानका केही पसल र चिने जानेका छिमेकीबाट माग आउन थालेको थियो । तालिम पुरा गरेर व्यावसायिक रुपमा जुता चप्पल बनाउन सुरु गरेको छु ।’

fulbari aama samuha

धरान २३ पानवारी बस्ने ४५ वर्र्षीया तुलसा श्रेष्ठ र कमला श्रेष्ठले पनि नेपाली जुत्ता चपल बनाउन जान्ने भएकाले आफूलाई आवश्यक पर्ने केही पैसा आफै कमाउने योजना बनाएको बताउनुभयो ।

कमलाले भन्नुभयो– ‘यतिका वर्षसम्म सीप नभएरै आफूलाई आवश्यक पर्ने सामान्य खालको सामान सम्म किन्न सकिएन । जहिले श्रीमानको भर पर्नुप¥यो । अब त आफै कमाउँछु ।’

महिला आत्मनिर्भर भए श्रीमान, बाबु वा अरुको भर पर्नुपर्दैन, यस्ता व्यावहारिक तालिमले उनीहरूलाई सवल बनाउन ठूलो सहयोग हुने अध्यक्ष ढकालको भनाई छ ।

jutta chappal

प्रकाशित मिति २०७२ असार ८ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय

बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्ने घोषणा पत्रमा

सामूहिक बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वरिष्ठ पत्रकार नम्रता शर्मालाई ‘नेपाली विमेन लिडर अवार्ड’

–महिला खबर– शर्मा खोज पत्रकारिता केन्द्र (सीआइजे) का निवर्तमान अध्यक्ष, २० वर्षदेखि निरन्तर प्रकाशित नारीश्वर म्यागेजिनका

लैंगिक हिंसा विरुद्ध मोजो पत्रकारिता तालिम शुरु

–महिला खबर– सिन्धुली । लैंगिक हिंसा न्यूनीकरणका लागि मोबाइल पत्रकारिता (मोजो) तालिम आजदेखि सिन्धुलीमा शुरु

अब नाप, नक्सा सम्बन्धी स्नोतकोत्तर तहको पढाइः मन्त्री अर्याल

“यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।ˮ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: